Health TV Online
Health TV Online
Health TV Online

गर्भ जँचाउन अाउनेलार्इ अण्डा उपहार

गर्भ जँचाउन अाउनेलार्इ अण्डा उपहार

ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका–५ मा स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गराउने गर्भवतीलाई अण्डा उपहार दिने गरिएको छ। तत्कालीन मानेभञ्ज्याङ गाविसको सहयोगमा सगरमाथा आमा समूहले २०६८ सालदेखि यो अभियान सञ्चालन गरेको हो।

यसका लागि गर्भवती महिलाले ४, ६, ८ र ९ महिना गरी चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्छ। पहिलोपटक गर्भ जाँच गराउँदा चार, दोस्रोपटक गराउँदा ६, तेस्रोपटक गराउँदा अाठ र चौथोपटक गराउँदा नाै वटा अण्डा उपहार दिने गरिएको समूहकी अध्यक्ष माया राईले बताइन्।

हरेक गर्भवतीलाई नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उद्देश्य छ। हाल गाउँपालिकाको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।

आठ वर्षको अवधिमा साढे चार सयभन्दा गर्भवतीले गर्भ जाँच गराइ अण्डा उपहार लिइसकेको समूहकी सचिव भावना राईले जानकारी दिइन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा