Health TV Online
Health TV Online
Health TV Online

संखुवासभामा एचआइभीको औषधि जिल्ला अस्पतालमै

संखुवासभामा एचआइभीको औषधि जिल्ला अस्पतालमै

संखुवासभा : जिल्ला अस्पताल खाँदबारीमा औषधि वितरण केन्द्र स्थापना भएपछि एनअार्इभी संक्रमितहरू जिल्लाबाहिर जानपर्ने बाध्यताबाट मुक्त भएका छन्।

तीन वर्षअघि स्थापना भएको एआरटी सेन्टर सञ्चालनमा एचआर्इभी संक्रमितहरू नियमित परीक्षण र औषधि सेवन गर्न आउन थालेका छन्। यसअघि उनीहरूले माेरङकाे विराटनगर, सुनसरीकेा इटहरी र धरानबाट ल्याएरऔषधि  सेवन गर्दै आएका थिए। जिल्ला एड्स समन्वय समितिको पहलमा जिल्लामै सेवा पाएपछि संक्रमितहरू खुसी भएका छन्।

जिल्लामा नै एआरटी सेन्टर स्थापना भएपछि नयाँ संक्रमित समेत फेला परेको एचआर्इभी एड्सका जिल्ला फोकलपर्सन रोशन श्रेष्ठले बताए। सेन्टरबाट संक्रमित ३३ जनाले नियमित औषधि सेवन गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

३३ मध्ये १८ महिला र १५ पुरुष छन्। तीमध्ये १२ जना छिमेकी जिल्ला भोजपुरका हुन्। सेन्टरमा गर्भवती महिलाहरूको स्वेच्छिक रूपमा एचआर्इभी परीक्षण गर्दै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा