अस्पताललार्इ एम्बुलेन्स हस्तान्तरण

स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार हस्तान्तरण गरेकी छिन्।
मन्त्री अर्यालले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नम्बर ९ का अध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरिन्।
अर्यालले दुर्गम भेगका सर्वसाधारण नागरिकलाई अस्पतालसम्म पुर्याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्य गर्दै एम्बुलेन्सले चापाकोटका जनतालाई सहज सेवा पुग्ने बताइन्।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा