अायुर्वेद स्वास्थ्य केन्द्रमा छैनन् चिकित्सक

धनगढी : आयुर्वेद चिकित्सा पद्धतिद्वारा उपचार खोज्नेको संख्या बढ्दै गर्दा सुदूरपश्चिम प्रदेशका अधिकांश आयुर्वेदिक अस्पताल जिल्ला स्वास्थ्य केन्द्र चिकित्सकविहीन छन्। प्रदेशका नाैमध्ये तीन जिल्लामा मात्रै आयुर्वेद चिकित्सक कार्यरत छन्।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय आयुर्वेद शाखाका प्रमुख डा. चेतराज जाेशीका अनुसार यो प्रदेशका नाै वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा चिकित्सकसहित ४२ बढीको पद रिक्त छन् । हाल याे प्रदेशका ८८ मध्ये ३८ स्थानीय तहमा ४२ आयुर्वेद स्वास्थ्य संरचना मात्रै छन्।
जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार चिकित्सक र वैद्यको पदपूर्ति गर्न नसकेको उनको भनाइ छ। मन्त्रालयको आयुर्वेद शाखाका अनुसार हाल डडेल्धुरा, कञ्चनपुर र कैलालीबाहेक अन्य सबै जिल्लामा आयुर्वेद चिकित्सक छैनन्। कविराज र वैद्य पनि सबै आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार छैनन्।
चिकित्सक अभाव भए पनि प्रदेशमा वर्षमा एक लाख ५० हजारभन्दा बढीले आयुर्वेदिक चिकित्सा सेवा लिएको एक तथ्यांकले देखाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय आयुर्वेद शाखाका प्रमुख डा. चेतराज जोशीले नसर्ने रोगका लागि यो पद्धति प्रभावकारी भएकाले उपचार गराउने बिरामीको संख्या बढेको बताए।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा