अञ्चल अस्पतालकाे फार्मेसीमा औषधि अभाव

कैलाली : धनगढीस्थित सेती अञ्चल अस्पतालकाे फार्मेसीमा औषधि अभाव भएको छ। फार्मेसीले उपलब्ध गराउँदै आएको ४८५ औषधिमध्ये २८५ प्रकारका औषधि अभाव भएको हो।
सेती अञ्चल अस्पतालका फार्मेसी इञ्चार्ज भरत कुँवरले चालु आर्थिक वर्ष शुरु भएदेखि खरिद नभएका कारण औषधि अभाव भएको बताए। औषधि किन्न आउने दैनिक २०० सयभन्दा बढी ग्राहकलाई फर्काउनु परेको इञ्चार्ज कुँवरले जानकारी दिए।
अस्पताल प्रशासनले औषधि खरीदका लागि टेन्डर समयमा नगर्दा फार्मेसीमा औषधि अभाव भएको हो। औषधि अभावका कारण हजारौँ मान्छे प्रभावित भएका छन्। औषधि अभावले फार्मेसी सुनसान हुँदा अञ्चल अस्पताल परिसर बाहिर रहेका मेडिकलमा भने घुइँचाे लाग्ने गरेको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा