Health TV Online
Health TV Online
Health TV Online

अाज विश्व बाथरोग दिवस

अाज विश्व बाथरोग दिवस

आज अक्टोबर १२ अर्थात् विश्व बाथरोग दिवस। दिवसको अवसरमा विभिन्न संघसंस्थाले सचेतनामूलक कार्यक्रम गरेका छन्।

बाथ जोर्नी र जोर्नी वरिपरिको तन्तु दुख्ने, सुन्निने र अरराे हुने रोग हाे। बाथ रोग धेरै प्रकारका हुन्छन्। अर्थात् बाथ धेरै रोगहरुको समूह हो। यसले विशेषगरी जाेर्नीमा असर गर्छ।  यसले अरु धेरै अंगमा पनि असर गर्छ। कुनै बाथले जोर्नीमा  र कुनैले अन्य अंगमा असर गर्छ ।

नेपालमा २० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारका बाथरोग भएको बताइन्छ। धेरैजसोलाई हड्डी खिइएको बाथ छ। बाथरोग दीर्घरोग हो। यो निको हुँदैनन । यसकाे उपचार गरी कम मात्र गर्ने हो।  जीवनशैली र खानपानले पनि बाथरोगीको संख्या बढेकाे विशेषज्ञहरूको अनुमान छ।

बाथराेग दिवसकाे अवसरमा ललितपुरस्थित अल्का अस्पतालले पनि विविध जनचेतनामूलक कार्यक्रम तथा प्रभातफेरी कार्यक्रम गरेकाे छ। अल्का अस्पतालबाट शुरु भएको प्रभातफेरी पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै अल्कामै पुगेर टुंगिएको थियो।

 

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा