सीमामा स्वास्थ्य सहायता कक्ष

झापा : राेजगारीका सिलसिलामा भारत रहेर घर फर्किनेलाई लक्ष्य गरी सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयका अनुसार भारतको मलेरिया प्रभावित क्षेत्रमा काम गरी फर्किनेलाई लक्ष्य गरी सो कक्ष स्थापना गरिएको हो। ‘मलेरिया देखिए निःशुल्क उपचार गछौँ, उनले भने। यस्तै जिल्लाको शिवनाथ गाउँपालिकाको कुस्मौद घाटमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सीमानाका झुलाघाटमा दशरथचन्द नगरपालिकाको सहयोगमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो।
मंगलबारदेखि स्वास्थ्य सहायता कक्ष सञ्चालानमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको गत आसोज १९ गतेको निर्देशनअनुसार सीमामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो।
सो कक्षमा अहिलेसम्ममा ८५ जनाको रगत परीक्षण गरिएको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा