चिकित्सकहरू भन्छन्, भयावह बन्दैछन् नसर्ने राेग

काठमाडौं : समयमा उपचार नगराउने प्रवृत्तिका कारण नेपालमा नसर्ने रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि बढेको चिकित्सकहरूले बताएका छन्। रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरले काठमाडौंमा बिहीबार गरेको कार्यक्रममा उनीहरूले जटिल अवस्था आएपछि मात्रै उपचारका लागि जाने कारण नसर्ने रोगबाट मृत्यु हुनेकाे संख्या वृद्धि भएकाे बताए।
‘आर्थिक अवस्थाका कारण औषधि खरिद गर्न नसक्ने कारण नसर्ने रोग भयावह बनेका छन्’, मुटुरोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीले भने, ‘बाथरोगजस्ता समस्या गरिबहरूका लागि बोझ बन्ने गरेका छन्।’
कार्यक्रममा हर्मोनरोग विशेषज्ञ डा.प्रदीपकृष्ण श्रेष्ठले गरिबी र तनावपूर्ण जीवनशैलीका कारण मधुमेह बढिरहेको बताए। ‘गरिबीका कारण आमाले सही आहार पाउँदैनन्। पेटमा रहँदादेखि नै बच्चाले पोषण पाउँदैनन्’, उनले भने, ‘कारण भित्री अंगको आकार सानो हुन्छ। त्यो पछि मधुमेहको कारण बन्छ।
नियमित व्यायाम, तौल नियन्त्रण, हरियो सागसब्जी र फलफूल खाने र नियमित रुपमा स्वास्थ्य जाँच गरे रोग नै लाग्नबाट बाँच्न सकिने श्रेष्ठले बताए। भरतपुर क्यान्सर अस्पताल जनस्वास्थ्य विभागका प्रमुख डा. किशोरकुमार प्रधानांगले नेपालमा पुरुषभन्दा महिला क्यान्सरबाट बढी प्रभावित भएको बताए।
‘नेपालमा क्यान्सर लागेकामध्ये ५३.२ प्रतिशत महिला छन्’, उनले भने, ‘मुखमा हुने क्यान्सर नेपालमा हुने क्यान्सरमध्ये दोस्रोमा पर्छ।’ आयुर्वेद चिकित्सक डा.सरीता श्रेष्ठले खानपानका कारण मानिस रोगी भइरहेको तर्क गरिन्। ‘जनावरले भन्दा गएगुज्रेको खाना खाइरहेका छौँ’उनले भनिन्। स्वस्थ रहन दिमाग, आत्मा र ज्ञानेन्द्रियलाई नियन्त्रणमा राख्न जरुरी रहेको उनको भनाइ छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा