Health TV Online
Health TV Online
Health TV Online

सुनवलमा नमूना प्रसूतिगृह

सुनवलमा नमूना प्रसूतिगृह

नवलपरासी :  पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालनमा ल्याइएको छ। सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा जिल्लाकै व्यवस्थित र सुविधा सम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो।

प्रदेश ५ सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बुधबार साे प्रसूतिगृह उद्घाटन गरे। सहज वातावरण बच्चा जन्माउन पाउन् भन्ने उद्देश्यले नगरपालिकाले सो केन्द्र सञ्चालनमा ल्याएको नगरप्रमुख भीमबहादुर थापा क्षेत्रीले बताए।

नगरपालिकाभित्रका गर्भवती सो केन्द्रमा बच्चा जन्माउन आउँदा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने जनाइएको छ । व्यवस्थित र वातानुकूलितसहितको उक्त सेन्टरमा छ जना दक्ष स्टाफ नर्ससहित ११ स्वास्थ्यकर्मी खटाइएका छन् । साथै बच्चा र सुत्केरी महिलालाई आवश्यक पर्ने औषधिको व्यवस्था मिलाइएको छ भने तापक्रम अनुकुल प्रसूति कक्ष बनाइएको छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा