गलत रिपाेर्ट दिने दुर्इ चिकित्सकको ‘लाइसेन्स’ निलम्बन

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा.रम्भा गोइत र डा. विजयकुमार सिंहको लाइसेन्स निलम्बन गर्दै चिकित्सकीय अभ्यास गर्नबाट बन्देज लगाउने निर्णय गरेको छ।
गत भदौ ८ गते धनुषा जनकनन्दनी–२ की १२ वर्षीया एक बालिकामाथि जबर्जस्ती करणी भएको घटनामा गरिएकाे स्वास्थ्य परीक्षणका क्रममा गलत रिपोर्ट दिएको भन्दै काउन्सिलले व्यावसायिक प्रमाणपत्र निलम्बन गर्ने र दुवैलार्इ चिकित्सकीय अभ्यास गर्न नदिने निर्णय गरेको हाे।
‘न्युनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर भएकाले निज चिकित्सकहरूलाई अर्को निर्णय नभएसम्मका लागि निजहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकिय अभ्यासबाट बञ्चित गराउने निर्णय भएको छ’, काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सिंह र गाेइतले गलत रिपाेर्ट दिएपछि सिरहा जिल्ला अस्पतालमा परीक्षण गर्दा बालिकामाथि जबरजस्ती करणी भएको रिपोर्ट आएको थियो। समितिले बयानका लागि बोलाउँदा सिंहले अटेर गरेको काउन्सिलकाे आरोप छ।
याे विषयमा जिल्ला सरकारी वकिल कार्यालय धनुषा, महान्यायाधिवक्ताको कार्यालय काठमाडौं र गृह मन्त्रालयको पत्र अाएपछि काउन्सिलले असाेज १९ गतेडा. कालुसिंह खत्रीको संयोजकत्वमा छानविन समिति बनाएकाे थियाे। त्यही समितिले मंगलबार प्रतिवेदन बुझाएपछि चिकित्सकद्वयलार्इ कारबाही सिफारिस गरिएकाे काउन्सिलका प्रवक्ता तथा कार्यकारी सदस्य डा.कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा