भारतकाे राजस्थानमा जिका भाइरस संक्रमण

भारतको राजस्थानमा ‘जिका’ भाइरस संक्रमितको संख्या २९ पुगेको छ।
प्रधानमन्त्री कार्यालयले जिका भाइरस संक्रमण फेरि फैलिन थालेको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य मन्त्रालयसँग यससम्बन्धी विस्तृत प्रतिवेदन मागेको छ।
जयपुरमा जीका भाइरसबाट संक्रमितमध्ये एक बिहार राज्य निवासी रहेको बताइएको छ। उनी हालैमात्र बिहारबाट जयपुर पुगेका थिए। अधिकारीहरुले यो रोगको संक्रमण बिहारमा पनि फैलिएको हुन सक्ने आशंका गरेका छन्। बिहार सरकारले राज्यका सबै जिल्लामा सतर्कता अपनाउन निर्देशन दिएको छ।
गएको वर्ष जिका भाइरस संक्रमित व्यक्तिमा मात्र भेटिएको थियो भने अहिले यो भाइरस लामखुट्टेमा पनि भेटिएको छ जस्ले गर्दा भाइरस अझै चाँडो फैलिन सक्ने त्रास फैलिएकाे छ। जिकाबारे प्रत्येक राज्यमा जनचेतना फैलाउन र यसबाट बच्ने उपायका लागि सरकारले कदम चाल्ने भएकाे छ।
जिका भाइरसका कारण केही वर्षअघि विभिन्न मुलुकमा कैयौँ नागरिक प्रभावित भएका थिए। भारतमा भने सन् २०१७ मा पहिलोपटक यो संक्रमण देखिएको थियो।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा