Health TV Online
Health TV Online
Health TV Online

जडिबुटी संकलन स्थलमा स्वास्थ्य शिविर

जडिबुटी संकलन स्थलमा स्वास्थ्य शिविर

जाजरकोट : उच्च हिमाली भागमा जडीबुटी संकलन गर्दा आइपर्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

जिल्लाको बारेकोट गाउँपालिका– ३, ४ को चाखुरे पाटन र मुलसाम पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। जाजरकोट, जुम्ला, डोल्पाका स्थानीय सेतोचिनी लगायत जडीबुटी संकलन गर्न पाटन पुगेपछि त्यहाँ स्वास्थ्य शिविरमा राखिएको बारेकोट स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए।

बुधबारदेखि यहाँका दर्जन पाटनमा सेतोचिनी लगायतका जडीबुटी संकलनका लागि स्थानीयलाई  अनुमति दिइएको छ। चाँखुरेपाटनमा झलक चन्दको नेतृत्वमा चार जना र मुलसामका पाटनमा जयबहादुर नेपालीको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिएको सिंहले जानकारी दिए।

अहिले पाटनहरूमा एक हजार ५०० भन्दा वढी संकलनकर्ता र व्यापारी पुगेको बारेकोट गाउँपालिका– ४ की वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिइन्। पाटनहरूमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। जडीबुटी संकलन गर्दा बिरामी हुने संकलनकर्तालाई पाटनमै उपचारको व्यवस्था गरेपछि अहिले उनीहरू खुशी छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा