Health TV Online
Health TV Online
Health TV Online

दुनैमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर

दुनैमा तीन दिने  नि:शुल्क स्वास्थ्य शिविर

डोल्पा : सदरमुकाम दुनैमा नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने शिविरमा जनरल मेडिसिन, नाक, कान, घाँटी, आँखा,  हाडजोर्नी, छाला, बालरोग,स्त्रीरोग लगायतको  नि:शुल्क उपचार थालिएको हो।

जिल्ला अस्पताल, दुनैमा आयोजित शिविरमा सामान्य शल्यक्रियासमेत गरिनेछ। जिल्ला अस्पताल र एक–एक पाइला काठमाडौंको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा रक्तपरीक्षण, दन्तरोग, एचआईभी परीक्षण तथा परामर्शसमेत दिइएको छ।

शिविरमा बिरामीको घुइँचाे बढेपछि दैनिक दुई हजार जनालाई टोकन वितरण गर्ने गरिएको छ। शिविरमा सबैभन्दा बढी स्त्रीरोगका बिरामी आएको र महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको चिकित्सकले बताए।

चिकित्सकका अनुसार  दुर्गम तथा ग्रामीण भेगका विपन्न नागरिकलाई गुणस्तरीय उपचार प्रदान गर्न शिविर आयोजना गरिएको एक–एक पाइलाका अध्यक्ष सुमनशमशेर थापाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा