पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुर्इ वर्षे ‘रुमाटोलोजी’ कार्यक्रम

ललितपुर : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो शैक्षिक सत्रदेखि ‘फेलोसिप इन क्लिनिकल रुमाटोलोजी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नेपालमै पहिलोपटक शुरु हुन लागेको यो कार्यक्रम दुई वर्षको हुनेछ। कार्यक्रमका लागि दुई जना छनोट भइसकेका छन्। आइतबार ‘ओरेन्टेसन’ शुरु हुने र नियमित कक्षा भने दशैँपछि सञ्चालन गरिने विभागीय प्रमुख प्रा.डा.बुद्धि पौडेलले जानकारी दिए।
‘हामीले यो कार्यक्रम नेपालमै पहिलोपटक ल्याएका हौँ’, डा. पौडेलले भने, ‘यसअघि भारत र चीनलगायत मुलुकमा पढेर आएकाले बिरामी हेर्थे।’ यसअघि नै रुमाटोलोजी पढाइका लागि प्रयास गरे पनि सञ्चालन हुन सकेको थिए। लामो प्रयासपछि यो कार्यक्रम शुरु गर्न लागिएको उनले बताए।
नेपालमा दिनप्रतिदिन बाथरोगी बढ्दै गए पनि यसको विशेषज्ञ थोरै भएकाले समस्या थियो। यसको पढाइ नेपालमै शुरु भएपछि हाल रहेका विशेषज्ञको भार पनि कम हुने पौडेलले जानकारी दिए।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा