Health TV Online
Health TV Online
Health TV Online

‘हिमालयन इपिलिप्सी वर्कसप’ सम्पन्न

‘हिमालयन इपिलिप्सी वर्कसप’  सम्पन्न

काठमाडौं : इपिलिप्सी अर्थात् छारेरोगमा गर्न सकिने  उत्कृष्ट उपचारबारे छलफल गर्न अन्नपूर्ण न्यूरो अस्पतालले ‘हिमालयन इपिलिप्सी वर्कसप गरेको छ। वर्कशपमा ‘हिरोसिमा युनिभर्सिटी हस्पिटल’ बाट आएका विशेषज्ञहरूले जापानमा प्रयोग गर्ने प्रविधि र ज्ञानका बारेमा नेपालका चिकित्सकहरूलाई जानकारी गराएका थिए।

छारेरोगमा धेरै खालका भ्रम रहेको र उपचार गरेमा निको हुने भन्दै अस्पतालका अध्यक्ष डा. बसन्त पन्तले याे खालको ज्ञान आदानप्रदान गर्ने कार्यक्रम गरिएको जानकारी दिए। सबै छारेरोगमा शल्यक्रिया गर्न नपर्ने तर सबै छारेरोग कस्तो खालको हो भनेर पत्ता  लगाउन जाँच गर्नुपर्ने डा. पन्तले बताए ।

उनले यसको उपचारमा प्रयोग हुने भिडियो र्इर्इजीले छारेरोग कुन खालको हो र यसकाे उपचार कसरी गर्न सकिन्छ भन्ने जानकारी दिने बताए। यसमा छारेरोग भएका बिरामीकाे औषधि कम गराएर उनीहरूमा अाएकाे लक्षणअनुसार प्रत्यक्ष हेरेर उपचार हुने पन्तले बताए। छारेरोगको मूल पत्ता लगाउने आधुनिक पद्धति भिडियो र्इर्इजीबारे वर्कशपमा छलफल गरिएको थियो।

छारेरोग दिमागको कुन कुनाबाट शुरु हुन्छ भन्नेबारे यस आधुनिक मेसिनले पत्ता लगाउँछ। नेपालमा छारेरोग पत्ता लगाउने भिडियो र्इर्इजी मेसिन दुईवटा मात्र छ। मेसिन नभएको ठाउँमा बिरामीको हाउभाउ हेरी उपचार गर्ने गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा