सरकारकाे लक्ष्य : निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाँच वर्षपछि

काठमाडौं : सरकारले आगामी पाँच वर्षभित्र निःशुल्क आधारभूत स्वास्थ्य सेवा सबै नेपालीको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ६५ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको दाबी गरेको छ।
आर्थिक वर्ष २०७९\८० सम्म यो बढेर शतप्रतिशत पुग्ने र सबै नेपालीले आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दीर्घकालीन योजनामा उल्लेख छ।
मौलिक हक अन्तर्गत रहेको स्वास्थ्य अधिकारसम्बन्धी हक कार्यान्वयनका लागि बनेको जनस्वास्थ्य सेवा विधेयकले ऐनको व्यवस्थाअनुसार सबै नेपालीले निशुल्क स्वास्थ्य सेवा पाउँछन् । तर संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार मन्त्रालयले पेश गरेको मन्त्रालयको दीर्घकालीन योजनामा आर्थिक वर्ष २०७९\८० सम्म शतप्रतिशत स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान हुने उल्लेख छ।
मन्त्रालयले आगामी पाँच वर्षमा नवजात शिशुमृत्यु दर र मातृमृत्यु दर आधा घटाउने लक्ष्य राखेको छ। सरकारले गर्भवती भएपछि समय समयमा जाँच गराउन र अस्पतालमै प्रसूति गराउन प्रोत्साहन गर्दै आएको छ ।
हाल करिब ५७ प्रतिशत महिलामात्रै प्रसूति गराउन अस्पताल जाने गरेकाेमा यसलाई बढाएर आर्थिक वर्ष २०७७\०७८ मा ७० प्रतिशत र आर्थिक वर्ष २०७९\८० मा ७४ प्रतिशत प्रसूति अस्पतालमा गराउने लक्ष्य छ।
पुड्कोपन पनि नेपालको ठूलो समस्या हो । यसलाई चालु आर्थिक वर्ष २०७५र७६ मा ३४ प्रतिशतमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७७\०७८ मा ३१ प्रतिशतमा झार्ने र आर्थिक वर्ष २०७९\८० सम्ममा २८.६ प्रतिशतमा झार्ने भनिएको छ ।
तथ्याङ्क अनुसार हाल चार प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बिमामा आवद्ध छ। यसलाई चालु आर्थिक वर्षमा १० प्रतिशत पुर्याउने र अर्को आर्थिक वर्ष २०७६\७७ मा २५ प्रतिशत पुर्याउने लक्ष्य स्वास्थ्य मन्त्रालयको छ। मन्त्रालयले स्वास्थ्य संस्थाको संख्या पनि बढाउने लक्ष्य लिएकाे छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा