चिकित्सा शिक्षा विधेयकमाथिको छलफल दशैँपछि

काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दशैँपछि मात्र गर्ने भएको छ।
संसद्को बर्खे अधिवेशन अन्त्य भएको र सांसदहरू आआफ्नो क्षेत्रमा गएकाले विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिन नसकेको समितिले बताएको हो।
विधेयकमाथि कुन कुन विषय परिमार्जन गर्ने भन्नेमा अझै नपुगेको भन्दै समितिकी सभापति जयपुरी घर्तीले अर्को संसद् अधिवेशनको पहिलो साताभित्रै विधेयक प्रतिवेदन संसदमा दर्ता गर्ने बताइन्।
सोमबार बसेको राष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले सरोकारवालासँगको छलफल सकेपछि समिति र उपसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरेकाे जनाएको छ।
डा.गोविन्द केसी र सरकारसँग गत साउन १० गते भएको २२ बुँदे सहमति र विधेयक माथिको १३० वटा संशोधन प्रस्ताव माथि भएको छलफलका आधारमा प्रतिवेदन बन्ने र यसका लगि एक चरण फेरि मुख्य विषयमा छलफल हुने बताइएको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा