नेपालमा बन्दैन खाेप, एक शिशुलाई लाग्छ ३० हजार रूपैयाँ

दाङ : एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि सबै प्रकारका खोप लगाउन करिब ३० हजार रुपैयाँ खर्च हुने गरेको छ।
बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्छ। जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार देशभरका बालकालिकाले लगाउने ११ प्रकारका कुनै पनि खोप नेपालमा बन्दैनन्। अधिकांश खोप छिमेकी देश भारत तथा अन्य मुलुकबाट ल्याउनुपर्छ। शिशुलाई लगाइने ती खोपको हिफाजत पनि उत्तिकै मात्रामा गर्नुपर्ने भएकाले कार्यालयले जिल्लाका विभिन्न स्थानमा खोप भण्डारण केन्द्र समेत स्थापना गरेको छ।
एउटा खोपको न्यूनत मूल्य ११२ देखि एक हजार ८५० रूपैयाँसम्म पर्छ। शिशुलाई लगाइने खोप किनेको मूल्य जोड्दा पाँच हजार पुग्छ। ‘पूर्ण खोप लगाउन प्रयोग गर्ने भौतिक सरसामान र मानवीय श्रमसहित लाग्ने सबै खर्च जोड्दा भने एउटा बच्चालाई पूर्ण खोप लगाउन ३० हजार खर्च हुन्छ’, कार्यालका खोप सुपरभाइजर सुनिता पण्डितले भनिन्।
हाल सरकारले क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, इन्फुलुञ्जा बी निमोनिया, पोलियो, दादुरा रुबेला र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप बालबालिकालाई निःशुल्क प्रदान गरिरहेकाे छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा