फाेहाेर पानी प्रशाेधनमा ध्यान दिँदैनन् अस्पताल

काठमाडौं : उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारिक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेका छन्। खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहाेर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो।
खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सचिव गजेन्द्र ठाकुर, मन्त्रालय मातहतका विभाग, बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीले गरेको अनुगमनका क्रममा अस्पतालले सामान्य प्रशोधन पनि नगरी ढलमा मिसाएको पाइएको हो।
मन्त्रालयका अनुसार वीर अस्पतालले दैनिक एक लाख २० हजार लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गर्ने गरेको छ। काठमाडाैं उपत्यका लिमिटेडबाट वितरण गरेको धाराबाट हप्तामा एक पटक पानी आउने भएकाले अस्पतालले दैनिक माग धान्न भूमिगत स्रोतबाट पानी तान्ने गरेकाे छ। अस्पतालमा जडान गरिएको डिप बोरिङ सञ्चालनका लागिसमेत अनुमति लिइएको छैन।
यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चार वटा डिप बोरिङ सञ्चालनमा ल्याएको भए पनि एउटाको मात्रै अनुमति लिएको पाइएको छ। दैनिक आठ लाख लिटर पानी भूमिगत स्रोतको प्रयोग गरेको भए पनि फोहोर पानी व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ।
यसैगरी पाटन अस्पतालले अनुमति नै नलिईकन डिप बोरिङ सञ्चालनमा ल्याएको छ। दैनिक चार लाख लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गरिएको भए पनि तरल फोहोर व्यवस्थापन नगरेको पाइएको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा