Health TV Online
Health TV Online
Health TV Online

अझै पनि ५८ प्रतिशत महिला गराउँछन् असुक्षित गर्भपतन

अझै पनि ५८ प्रतिशत महिला गराउँछन् असुक्षित गर्भपतन

काठमाडौं : ‘अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नारासहित चौथो सुरक्षित गर्भपतन दिवस मनाइएको छ। सुरक्षित गर्भपतन दिवसको अवसर पारेर बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल चलाएको हो।

कार्यक्रममा नेपालमा अझै पनि ५८ प्रतिशत महिलाले असुक्षित गर्भपतन गर्न बाध्य भएको भन्दै यसबारे जनचेतना र सेवा विस्तार गर्न पर्नेमा जोड दिए।

स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले एक दिन शहरकेन्द्रित दिवस मनाएर नहुने भन्दै गाउँगाउँसम्म सुरक्षित गर्भपतनबारे चर्चा गर्नुपर्ने धारणा राखे। स्वास्थ्यसचिव डा.पुष्पा चौधरीले मातृस्वास्थ्य सुधारमा नेपालले प्रगति गरेको भए अझै धेरै काम गर्न बाँकी रहेको बताइन्।

कार्यक्रममा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा