Health TV Online
Health TV Online
Health TV Online

जनस्वास्थ्य संघको निर्वाचन : प्रजातान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने

जनस्वास्थ्य संघको निर्वाचन : प्रजातान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने

काठमाडौं  : नेपाल जनस्वास्थ्य संघको नयाँ नेतृत्वका लागि नेपाल जनस्वास्थ्यकर्मी संघ (प्रजातान्त्रिक) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

प्रजातान्त्रिक समूहको नेतृत्व श्रीकृष्ण भट्ट र प्रगतिशील समूहको नेतृत्व डा.मोहनकृष्ण श्रेष्ठले गरेका छन्। संघअन्तर्गत हाल करिब एक हजार ६०० सदस्य छन्।

प्रजातान्त्रिक समूहबाट महेश्वर श्रेष्ठ महासचिव, विनोद जोशी कोषाध्यक्ष र रामानन्द पण्डितले सचिव पदमा उम्मेदवारी दिएका छन्। प्रगतिशील समूहमा सुदर्शन पौडेल उपाध्यक्ष, चित्रजंग शाही महासचिव, रमेश भट्ट कोषाध्यक्ष दीपेन्द्र खड्का चुनावी मैदानमा छन्।

यही असोज १३ गते हुने निर्वाचन सातवटै प्रदेशका प्रदेशमुकाम र काठमाडौँमा तय गरिएको छ। हाल देशभर १६ वटा शिक्षण संस्थामा जनस्वास्थ्य विषयको अध्ययन हुन्छ। यसबाट बर्सेनि एक हजारको हाराहारीमा स्नातक तह उत्तीर्ण हुने गर्छन्।

संघमा याे पहिलाेपटक निर्वाचन हुन लागेकाे हाे । यसअघि सहमतिमा नेतृत्व चुनिँदै अाएकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा