Health TV Online
Health TV Online
Health TV Online

अर्बुद रोग निवारण संस्थाले मनायाे ३६औँ वार्षिकोत्सव

अर्बुद रोग निवारण संस्थाले मनायाे ३६औँ वार्षिकोत्सव

काठमाडौं : नेपाल अर्बुद रोग निवारण संस्थाले ३६औँ वार्षिकोत्सव मनाएको छ। काठमाडाैंमा अाइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलगायत सहभागी थिए।

कार्यक्रममा मन्त्री यादवले क्यान्सर रोगमासबै नागरिकको उपचारको पहुँच विकास गर्नुपर्ने बताए। उनले क्यान्सरको रोकथाम र उपचारमा हुने अभियानहरूमा सरकारले सँधै साथ दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठले पूर्ववर्ती सरकारले क्यान्सरका बिरामीका लागि दिएको पाँच हजार रूपैयाँ जीविका भत्ता कटौती गरेको भन्दै पुनः शुरु गर्न आग्रह गरे। क्यान्सरका बिरामीलाई सरकारले दिने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउनु पर्ने उनकाे भनाइ छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा