Health TV Online
Health TV Online
Health TV Online

स्वाइनफ्लु नियन्त्रणका लागि चिकित्सक पठाउन माग

स्वाइनफ्लु नियन्त्रणका लागि चिकित्सक पठाउन माग

काठमाडौं : सांसदहरूले सप्तरीमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सक परिचालन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरी र नमिताकुमारी चौधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकको टोली परिचालन गर्न माग गरेका हुन्।

सांसद तेजुलाललेले स्वाइनफ्लुका कारण चार जनाको ज्यान गइसक्दा पनि सरकारले चासो नदिएको गुनासो गरे। सांसद नमिताकुमारीले रोग नियन्त्रणका लागि तत्काल आवश्यक चिकित्सकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा