Health TV Online
Health TV Online
Health TV Online

विद्यालयमै पाइन्छ ‘स्यानिटरी प्याड’

विद्यालयमै पाइन्छ ‘स्यानिटरी प्याड’

कञ्चनपुर : रजस्वला हुँदा पनि नियमित रूपमा विद्यालय जान प्रोत्साहनका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै किशोरीहरूलाई ‘सेनेटरी प्याड’ उपलब्ध गराउने व्यवस्था गरेको छ।

चेतनाको अभावमा किशोरीहरूले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेकाे नगर प्रमुख कर्णबहादुर हमालले बताए। ‘यसका लागि नगरपालिकाले  एक लाख रूपैयाँ छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको छ’, उनले भने।

यसैगरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निःशुल्क दिने व्यवस्था गरेको छ। वडा नं. ८ रैकवार स्वास्थ्यचौकी र वडा नं. ५ कृष्णपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा निःशुल्क गरिएको हो।

प्रयोगशाला सेवा निःशुल्क गरिएपछि दुवै स्वास्थ्य चौकीलाई दुई लाख रूपैयाँ अनुदान उपलब्ध गराइएको नगरप्रमुख हमालले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा