‘अप्ठ्याराे केसमा अब डाक्टरले किन रिस्क लिने?’

काठमाडौं : भदौ १ बाट लागू हुनेगरी मुलुकी ऐन संहिता चिकित्सकप्रति असहिष्णु रहेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। जारी हुन लागेको कानुनले चिकित्सकलाई अपराधीसरह व्यवहार गर्ने भन्दै संघले असहमति जनाएको हो।
नयाँ कानुनअनुसार चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने व्यवस्था छ। यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए वा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो।
हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले चिकित्सकको मनोबल गिराएको प्रतिक्रिया दिए। ‘लापरबाही गरेर जानीजानी कुनै पनि चिकित्सकले बिरामी मारौँ भन्दैन’, श्रेष्ठले भने, ‘यस्तो परिस्थितिमा अब कुनचाहिँ डाक्टर बिरामीको शल्यक्रिया गर्न तयार हुन्छ?’
सरकारले ल्याएको यो कानूलले त चिकित्सकलाई अपराधी जस्तो व्यवहार गरेको उनले बताए। सरकारले अस्पतालमा तोडफोड गर्ने उच्छृंखल तत्त्वलाई बढावा दिने गरी कानुन ल्याएको भन्दै तुरुन्तै सच्याउन सरकारसमक्ष माग गरे। ।
‘पछिल्लो समय एउटा पेशेवर समूह नै डाक्टर र अस्पतालविरुद्ध लागेर ‘बार्गेनिङ’ गरिरहेकाे छ’, उनले भने ‘छुस्स केही भयो कि हुलदंगा गर्ने, तोडफोडमा उत्रिने गरेका छन्।’
यस्ता समूहलाई प्रोत्साहन गर्नेगरी कानुन आउनु दुःखद भएकोे उनले बताए। उनले भने। ‘सरकारको रबैयाले फेरि पनि बिरामी भारत लगायतका अन्य देश जान बाध्य हुनेछन्’, उनले भने, ‘चिकित्सकले अब अप्ठ्यारो केसमा सिधै ‘रिफर’ गर्दिन्छन। किन ‘रिस्क’ लिने।
कानुन नसच्याए आन्दोलनमा जाने चेतावनी उनले दिए। आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा सोमबार छलफल गरी अघि बढ्ने अध्यक्ष डा.श्रेष्ठले बताए।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा