पत्रकार सम्मेलनमा किन भावुक बने डा.केसी?
सहमति अक्षरशः पालना गर्न सरकारसँग अाग्रह

काठमाडाै : प्रा.डा.गोविन्द केसीले आफूसँग गरेको सम्झौता छिटो पालना गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।
२७ दिन लामो अनसन र उपचारपछि गराई स्वास्थ्य अवस्थामा सुधार आएपछि मंगलबार पत्रकार सम्मेलन गरी आफूसँग भएका सम्झौता पूरा हुने छाँट नदेखिएको भन्दै डा. केसीले चिन्ता व्यक्त गरे।
उनले आफूसँग भएका सम्झोताका बुँदा अक्षरशः पालना गर्न सरकारसँग आग्रह गरे। ‘सरकारले हामीसँग गरेको सहमतिमै विधेयक आउँछ भन्नेमा ढुक्क छु’, उनले भने।
पत्रकार सम्मेलनमा अत्यन्तै भावुक बनेका केसीले अनशन र त्यसपछि उपचारमा रहनुपरेकाले बिरामीको सेवा गर्न नपाएकोमा दुःख व्यक्त गरे।
‘अनशन र त्यसपछिको उपचारका क्रममा रहेको हुनाले बिरामीको सेवा गर्न पाइनँ। यसमा क्षमा माग्छु’ उनले भने,’चाँडै नै बिरामीको सेवामा फर्किनेछु।‘
तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्नेलगायत माग राखी डा.केसी असार १६ गतेदेखि जुम्ला पुगेर १५औँपटक अनशन बसेका थिए।
अनशनको २० औँ दिन काठमाडौं ल्याएर वार्तामा सहमति जुटेपछि गत साउन १० गते २७ दिन लामो अनशन तोडेका थिए।
अनशन तोडेलगत्तै महाराजगञ्जस्थित शिक्षण अस्पतालमै उपचार गराएका डा केसी १३ दिन लामो उपचारपछि मंगलबार डिस्चार्ज भएका हुन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा