Health TV Online
Health TV Online
Health TV Online

अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालनमा

अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालनमा

बुटवल : यहाँका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको पाइएको हाे।

बुटवलको मेडिटेक इन्टरनेशनल अस्पताल प्रालि र बुटवल हस्पिटल प्रालिमा पनि दक्ष जनशक्ति छैन। दक्ष जनशक्ति नहुँदा अनुभवका आधारमा एक्सरे सेवा प्रदान गरिँदै आएको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले परिषदमा दर्ता नभर्इ एक्सरे सेवा सञ्चालन गर्न नपाइने बताए। उनले बुटवलको एक्सरे सेवाको गुणस्तरीय नभएको बताए।

बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको उनले बताए। नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ नारायण शर्माले बुटवलका एक्सरे सेवा कक्ष मापदण्डअनुसार सञ्चालन नभएको  जानकारी दिए। एक्सरे सेवा दिँदै आएका सञ्चालकले एक्सरे कक्षको क्षेत्रफल बढाउने, एक्सरे सेवामा रेडियोग्राफर राख्ने र एक्सरे सेवा दिँदा विकीरणबाट बच्न सतर्कता अपनाउने आश्वासन दिएका छन्।

परिषद्ले बुटवलको लुम्बिनी नर्सिङहोम, तिलोत्तमा अस्पताल, पुष्पा फार्म, लुम्बिनी एक्सरे सेवा र आस्था एक्सरे सेवाको पनि अनुगमन गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा