अप्रेसन गरी शिशु जन्माउने दुई गुना बढे
काठमाडाैं : नेपालमा अप्रेसन (शल्यक्रिया)बाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि भएको छ। सन् २०११ मा शल्यक्रियाबाट शिशु जन्माउने दर ४.६ थियो।
राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले हालै जारी गरेको अध्ययन प्रतिवेदनअनुसार अप्रेसन गरी शिशु जन्माउने सन् २०१६ मा नौ प्रतिशत पुगेका छन्। यसरी जन्मेका शिशुमध्ये कमैले मात्र एक घण्टाभित्र एक तिहाइले मात्र स्तनपान गर्ने मौका पाउँछन् ।
स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने प्रतिशत सामान्य सुधार देखिएको छ। सन् २००६ मा यो संख्या ३९ प्रतिशत थियो। सन् २०१६ मा ५५ प्रतिशतमा उक्लेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?