डा केसीलाई सुरक्षित स्थानमा सार्न चिकित्सक संघको आग्रह ,नत्र आन्दोलन थाल्ने
नेपाल चिकित्सक संघ कर्णाली शाखाले अनसनरत डा गोबिन्द केसीलाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण नगरे कडा आन्दोलन गर्ने जनाएकाे छ । आइतवार प्रेस विज्ञप्ति मार्फत संघले स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै अनशन बसेका डा केसीको स्वास्थ्य बिग्रदै गएको भन्दै उनलाई सुरक्षित स्थानमा तुरुन्त सार्नुपर्ने बताएको छ ।
विज्ञप्तिमा डा केसीको स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि सरकारले उनलाई अस्पताल जान नदिएकोमा आपत्ति जनाउँदै उनको जीवन रक्षाका लागि कडा आन्दोलन गर्न समेत पछि नपर्ने उल्लेख छ ।
सरकारले डा केसीलाई अस्पतालमा अनसन बस्न अवरोध खडा गरेपछि उनी यतिखेर कबर्ड हलको अँध्यारो कोठामा अनसन थालेका छन । धेरैपटक अनशन बसेकाले उनको दोस्रो दिनमै स्वास्थ्य बिग्रिएको भन्दै संघले उनलाई आइसियू भएको स्थानमा सार्नुपर्ने माग राखेको छ ।




आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम