Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा केसीलाई सुरक्षित स्थानमा सार्न चिकित्सक संघको आग्रह ,नत्र आन्दोलन थाल्ने

डा केसीलाई सुरक्षित स्थानमा सार्न चिकित्सक संघको आग्रह ,नत्र आन्दोलन थाल्ने

नेपाल चिकित्सक संघ कर्णाली शाखाले अनसनरत डा गोबिन्द केसीलाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण नगरे कडा आन्दोलन गर्ने जनाएकाे छ । आइतवार प्रेस विज्ञप्ति मार्फत संघले स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै अनशन बसेका डा केसीको स्वास्थ्य बिग्रदै गएको भन्दै उनलाई सुरक्षित स्थानमा तुरुन्त सार्नुपर्ने बताएको छ ।
विज्ञप्तिमा डा केसीको स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि सरकारले उनलाई अस्पताल जान नदिएकोमा आपत्ति जनाउँदै उनको जीवन रक्षाका लागि कडा आन्दोलन गर्न समेत पछि नपर्ने उल्लेख छ ।
सरकारले डा केसीलाई अस्पतालमा अनसन बस्न अवरोध खडा गरेपछि उनी यतिखेर कबर्ड हलको अँध्यारो कोठामा अनसन थालेका छन । धेरैपटक अनशन बसेकाले उनको दोस्रो दिनमै स्वास्थ्य बिग्रिएको भन्दै संघले उनलाई आइसियू भएको स्थानमा सार्नुपर्ने माग राखेको छ ।

थप समाचार