भक्तपुरका दुई फार्मेसीमा सिल
भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले दुई फार्मेसीमा सिलबन्दी गरेको छ। लागुऔषध मानिने विभिन्न औषधिहरु अवैध रूपमा बिक्री गरेको भन्दै फार्मेसी पसल सिलबन्दी गरेको हो।
औषधि व्यवस्था विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका ५ सल्लाघारीको अरनी हाइवे पोलिक्लिनक र अर्विषा फार्मेसीमा सिलबन्दी गरेको हो।
चिकित्सकको प्रेस्क्रिप्सनविनै लागुऔषधका रूपमा प्रयोग गर्ने युवालाई अाैषधि बिक्री गरेको आरोपमा दुई सञ्चालक पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। खरिदकर्ता समेत पक्राउ परेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम