रुसमा एकै दिन १ हजारभन्दा बढी काेराेना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन : रुसमा पछिल्लो २४ घण्टामा १ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी गत २४ घण्टामा ३३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको वल्र्डोमिटरले जनाएको छ ।
रुसमा केही दिन यता संक्रमण दर निकै बढिरहेको बताइएको छ । शनिबार रुसमा १ हजार २ जना संक्रमितले ज्यान गुमाए भने ३३ हजार २०८ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा २९ प्रतिशत भन्दा बढीले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन्। खोप लगाउँदा पनि संक्रमण दर कम नभएपछि त्यहाँ लकडाउनको तयारी गरिएको जनाइएको छ ।
कोरोना संक्रमण केही देशहरुमा कम हुँदै गएको भए पनि केही देशहरुमा भने बढ्न थालेको पाइन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण