रुसमा एकै दिन १ हजारभन्दा बढी काेराेना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन : रुसमा पछिल्लो २४ घण्टामा १ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी गत २४ घण्टामा ३३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको वल्र्डोमिटरले जनाएको छ ।
रुसमा केही दिन यता संक्रमण दर निकै बढिरहेको बताइएको छ । शनिबार रुसमा १ हजार २ जना संक्रमितले ज्यान गुमाए भने ३३ हजार २०८ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा २९ प्रतिशत भन्दा बढीले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन्। खोप लगाउँदा पनि संक्रमण दर कम नभएपछि त्यहाँ लकडाउनको तयारी गरिएको जनाइएको छ ।
कोरोना संक्रमण केही देशहरुमा कम हुँदै गएको भए पनि केही देशहरुमा भने बढ्न थालेको पाइन्छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान