होलीको रंगमा रंगिनुस्, तर छाला र कपाल जोगाउनुस्
रंगहरूले भरिएको धेरैलाई मनपर्ने उत्सव हो, होली। यो रमाइलो उत्सवमा छाला र कपालको ख्याल राख्न निकै आवश्यक छ। होलीको समयमा छाला र कपालमा हुनसक्ने क्षति रोकथामका लागि होली खेल्नुपूर्व र पश्चात् यी कुरा याद गर्नुपर्छ– होलीमा प्रयोग हुने रंगले छाला तथा कपाललाई फुस्रो र सुक्खा बनाउन सक्छ।
त्यसैले होली खेल्न अघि शरीरमा हल्का मात्रामा ‘मोस्चराइजर’ तथा तेलको पनि प्रयोग गर्न सकिन्छ। अनुहारमा छालालाई सुहाउँदो मोस्चराइजर र कपालमा पनि तेल लगाउन सकिन्छ। यसले छाला र कपाललाई जोगाउनुको साथै होली सकिएपछि रंग निकाल्न पनि सहज बनाउँछ। होली बाहिर खेल्ने हुनाले घामको रापबाट बच्न आवश्यक छ। यसका लागि सुतिको हल्का र सकेसम्म पूरा बाहुलाको लुगा लगाउनु पर्छ। यसका साथै होली र अघि र खेल्दा पनि प्रशस्त पानी पिउनुपर्छ।
नङको सुरक्षाको लागि ‘नेल पोलिस’ लगाउन सकिन्छ। साथै ओठमा लिप बाम, आँखामा चस्माको प्रयोग गर्न सकिन्छ। आँखाको सुरक्षा हुन्छ। सकेसम्म कपाल बाँधेर र स्कार्फले छोपेर सुरक्षा गर्न सकिन्छ। बजारमा विभिन्न पेय पदार्थ सिसा तथा धातुको प्रयोग गरेर रंग बनाइन्छ। यसले छालामा बिमिरा आउने, चिलाउने जस्ता समस्या उत्पन्न गर्छ। यसको सट्टामा सकेसम्म प्राकतिक वस्तुबाट बनेका अर्ग्यानिक रंग प्रयोग गर्न सकिन्छ। त्यसमा पनि रातो र गुलाबी रंगमा सबैभन्दा कम हानि हुने तथ्य सम्झिन आवश्यक छ।
छालामा संक्रमण भएको वा डण्डीफोर आएको भागलाई जोगाउनु पर्छ। होली खेलिसकेपछि रंग निकाल्ने वेलामा पनि ध्यान पुर्याउनुपर्छ। सबैभन्दा पहिले छाला र कपाललाई पखाल्नुपर्छ। रंग निकाल्ने क्रममा बढी रगड्नु र मट्टितेल, ढुंगा आदिको प्रयोग गर्नु हुँदैन। यसले छालालाई थप क्षति पुर्याउँछ। बढी मात्रामा मोस्चराइजर लगाएर कपासले बिस्तारै पुछ्नु पर्छ। छाला बढी पोलेमा, चिलाएमा, बढी रातो भएर सुन्निएमा तुरुन्त डाक्टरकोमा जानुपर्छ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य