पाठेघरकाे क्यान्सरसम्बन्धी सचेतना
जुम्ला : ग्रामीण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन्। उनीहरूले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन्।
जिल्लाको तातोपानी गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्याम्पस हुने रोगले ग्रामीण क्षेत्रमा महिला प्रताडित हुने गरेको भन्दै जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रममार्फत उपचार र सचेतना अभिवृद्धि कार्यक्रम अघि सारेको छ। सन्ध्या फाउण्डेशनसँगको साझेदारीमा क्यान्सर रोग विशेषज्ञ गाउँपालिकामै ल्याएर महिलाको पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिएको छ।
गाउँपालिका अध्यक्ष नवराज न्यौपानले दुर्गम क्षेत्रमा महिलाले बढी काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि कार्यक्रम अघि सारेको बताए। ‘अहिले पनि यहाँका महिलाको कार्यबोझ घटेको छैन, व्यवस्था परिवर्तन भए पनि ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन, जनतासँग अध्यक्ष कार्यक्रममार्फत यहाँको स्वास्थ्य अवस्था सुधार गर्न चाहन्छौँ। यो कार्यक्रमबाट बुढाबूढी, बालबालिका, युवायुवती सबै लक्षित कार्यक्रम गर्ने तयारी थालिसकेका छौँ’,उनले भने।
जुम्लाको गुठिचौर गाउँपालिकामा एक दिन र तातोपानी गाउँपालिकामा दुई दिन क्यान्सरको उपचार गरिएको थियो। सन्ध्या फाउण्डेशनका अध्यक्ष अङ्गदबहादुर देवकोटाका अनुसार तातोपानी गाउँपालिकामा ३०० र गुठीचौर गाउँपालिकामा १०० जना महिलाले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन्।
पाठेघरको मुखको क्यान्सरको उपचारका लागि काठमाडौँदेखि नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक डा. सरिता घिमिरेसहितको सात जनाको टोली जुम्ला पुगेको थियो। उपचार गरेकामध्ये झण्डै २५ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना देखिएको देवकोटाले जानकारी दिए। जुम्लाका महिला प्रायः बालविवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्यबोझका कारण खानपान र सरसफाइको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठेघरमा समस्या आउने गरेको चिकित्सक बताउँछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’