पशुपतिनाथमा स्वास्थ्य शिविर
काठमाडाैं : महाशिवरात्रिको अवसर पारेर पवित्र पाशुपत क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘विकासका लागि भिजन नेपाल’ नामक संस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
आज बिहानैदेखि सञ्चालन गरिएको सो शिविरमा हालसम्म २१० भक्तजनले स्वास्थ्य सेवा लिएका संयोजक जेपी यादवले जानकारी दिए। शिविर साँझसम्म चल्ने बताइएको छ ।
शिविरमा विभिन्न अस्पतालका ३५ बढी चिकित्सकले बिरामी भक्तजनको उपचार गरिरहेका छन्। पशुपतिमा पूजाआजा गर्न आएका भक्तजनमा टाउको दुख्ने, रक्तचाप उच्च तथा न्यूनलगायत स्वास्थ्य समस्या देखिएको चिकित्सकले जनाएका छन्। बिरामी अवस्थाका भक्तजनलाई निःशुल्क औषधि वितरण गरिएको छ।
शिविरमा खटिएका चिकित्सकले लामबद्ध भक्तजनलाई सोही स्थानमा पुगेर स्वास्थ्य सेवा दिएका थिए। उक्त संस्थाले शिवरात्रिका अवसरमा तीन वर्षदेखि पाशुपत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण