कम र मध्यम आयस्रोत भएका देशमा सीओपीडीको समस्या बढी

नोभेम्बर २१ अर्थात् विश्व सीओपीडी दिवस। विश्वभर नै यो दिवस मनाइन्छ। सीओपीडी अर्थात् क्रोनिक ‘अब्सट्रक्टिभ पल्मोनरी डिजिज’ भनेको सर्वसाधारणले बुझ्ने भाषामा एक किसिमको दमको रोग हो, जुन श्वासप्रश्वाससँग सम्बन्धित छ। मुख्य कुरा सीओपीडीका बिरामीलाई खोकी लागिरहने र सास फर्न गाह्रो हुने समस्या हुन्छ ।
हालसम्म विश्वमा मानिसको मृत्युको कारण मध्ये चौथौ सीओपीडीलाई लिइन्छ। तर अबको केही वर्षमा तेस्रो कारण बन्दैछ। विभिन्न तथ्यांकअनुसार नेपालमा ६० वर्ष नाघेका १० प्रतिशत वद्धवृद्धामा सीओपीडीको समस्या छ भन्ने अनुमान गरिएको छ। उमेर बढ्दै जाँदा लाग्ने भए पनि धूमपान गर्नेमा भने सानै उमेरदेखि पनि यो समस्या देखिन सक्छ ।
सीसीअाेपीडी दीर्घकालिन रोग हो यसलाई निको पार्न सकिँदैन, नियन्त्रण गर्न मात्र गर्ने हो। अहिले सुँघ्ने र तान्ने औषधिहरू छन्, जसले बिरामीलाई धेरै नै राहत हुन्छ। तर, धेरैले यसको प्रयोग सही तरिकाले गर्न नै जान्दैनन्। त्यसैले चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ।
कम र मध्यम आयस्रोत भएका राष्ट्रमा सीओपीडीको समस्या बढी पाइएको छ । मृत्युको संख्या पनि यी राष्ट्रहरुमा नै धेरै छ। एकपटक यो रोग लागिसकेपछि निको हुँदैन उपचारले सहज बनाउने मात्र हो र यो यस्तो रोग हो जसले सास फेर्न यति गाह्रो गराउँछ कि बिरामी अस्पताल नगई सुखै छैन। धेरै बिरामीलाई अक्सिजन नै दिनुपर्ने हुन्छ।
विभिन्न कारणले यो रोग लाग्छ र सास फेर्ने नली खुम्चिन्छ। अनि सास फेर्न गाह्रो हुन्छ। लगातार तीन महिनासम्म खोकी लागिरहनु, कफ निस्किन गाह्रो हुनु, जाडो समयमा बढी समस्या हुने, भर्याङ चढ्न गाह्रो हुनु, घाँटी घ्यारघ्यार गर्नु र सास फुल्नु सीओपीडीका लक्षण हुन्।
धूमपान प्रमुख कारण भए पनि अन्य कारणले पनि सीओपीडी हुन सक्छ । यसमा फोक्सोले शरीरमा अक्सिजनको आपूर्ति राम्रोसँग गर्न सक्दैन जसले गर्दा समस्या हुन्छ। प्रदूषित वातावरणमा काम गर्ने व्यक्तिमा पनि यो समस्या बढी हुन्छ। जस्तै– धुलोमा काम गर्ने, कोइलाखानीमा काम गर्ने आदि । चुरोट खाने वा शहरी भेगमा वातावरणीय प्रदूषणकाे समस्या त छँदैछ, गाउँघरमा दाउरा गुइँठा बाल्ने चलन छ। याे पनि सीओपीडीकाे एक कारण हाे।
भान्साकोठामा धुँवाको उचित व्यवस्था नभएपनि सीओपीडी देखिन सक्छ। यसबाहेक बाल्यकालमा छातीको संक्रमण, टीबी लगायतका कारणले गर्दा पनि यसको जोखिम रहन्छ। याे समस्याबाट बच्न धुवाँबाट सकेसम्म टाढा बस्नुपर्छ। खाना पकाउन दाउरा बाल्नुभन्दा अरू विकल्प खोज्नुपर्छ। भान्सामा खाना बनाउने बेलामा झ्यालहरू खुला राख्नुपर्छ।
सीसीअाेपीडी दीर्घकालिन रोग हो यसलाई निको पार्न सकिँदैन, नियन्त्रण गर्न मात्र गर्ने हो। अहिले सुँघ्ने र तान्ने औषधिहरू छन्, जसले बिरामीलाई धेरै नै राहत हुन्छ। तर, धेरैले यसको प्रयोग सही तरिकाले गर्न नै जान्दैनन्। त्यसैले चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ।
यसबाट बच्न सर्वप्रथम त धूमपान गर्नुभएन। वातावरणमा प्रदूषण फैलाउन भएन। प्रदूषित वातावरणबाट टाढा रहनुपर्छ। रोग लागि नै हाल्यो भने औषधिकाे सही प्रयोग गर्नुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा