Health TV Online
Health TV Online
Health TV Online

नसर्ने रोगमा निकै प्रभावकारी फिजियोथेरापी उपचार पद्धति

तर 'प्रोफेसनल फिजियोथेरापिस्टबाट' मात्र गराउनुस्

नसर्ने रोगमा निकै प्रभावकारी फिजियोथेरापी उपचार पद्धति

बुढ्यौली वा अन्य कारणले हिँड्न वा चल्न नसक्ने र हड्डी, नसा सञ्चालन नहुने समस्यामा विद्युतीय वा शारीरिक कसरतबाट रोग निदान गर्ने र पीडा कम गर्ने उपचार पद्धति नै फिजियोथेरापी हो । फिजियोथेरापी पछिल्लो समय निकै प्रचलनमा छ । विशेष गरी शरीरका हाडजोर्नी एवं नसासँग सम्बन्धित समस्या छ भने यसले अत्यन्त लाभ दिन्छ।

फिजियोथेरापीले हिँड्न नसक्नेहरूलाई हिँड्न सक्ने बनाउनुका साथै विभिन्न अर्थोपेडिक समस्याको शल्यक्रियापछि अङ्गहरूको सञ्चालन क्षमता फर्काउन सघाउँछ। नसर्ने रोगमा फिजियोथेरापी निकै प्रभावकारी साबित भएको छ। बिरामीले मात्र नभई स्वस्थ मानिसले पनि फिजियोथेरापी सेवा लिन सक्छ।

सबै किसिमको बिरामीलाई फिजियोथेरापी आवश्यक हुन्छ। ढाडको समस्या, नसाको समस्या, सुस्त मनस्थिति भएका, प्यारालाइसिस भएका, गर्भवती महिला र शरीरको कुनै अंग भाँचिएर निको भइसकेको व्यक्तिलाई फिजियोथेरापी अत्यन्त जरुरी हुन्छ। एक ठाउँमा बसिराख्ने व्यक्तिलाई ढाडको समस्या बढी देखिन्छ।अझ हरेक मानिसको जीवनकालमा एकपटक न एकपटक ढनडको समस्या हुन्छ भन्दा पनि हुन्छ। त्यस्तो अवस्थामा फिजियोथेरापीले निकै मद्दत गर्छ। हाम्रो अस्पतालमा यस्ता बिरामी धेरै आउँछन्।

जहाँ पायो त्यहीँ फिजियोथेरापी गराउनु हुँदैन। आधिकारिक फिजियोथेरापी सेन्टरमा प्रोफेसनल फिजियोथेरापिस्टले जाँच गरेपछि मात्र फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ। फिजियोथेरापी कति कसरी गराउने भन्ने फिजियोथेरापिस्टले निर्धारण गर्छन् । हिजोआज नेपालमा विशेषज्ञता हासिल गरेका फिजियोथेरापिस्ट उपलब्ध छन्।

फिजियोथेरापीमा औषधिको प्रयोग हुँदैन र शल्यक्रिया पनि गरिँदैन। फिजियोथेरापीको तीनवटा पाटो हुन्छ ‘इलेक्ट्रो थेरापी’, ‘म्यानुअल थेरापी’, र ‘एक्सरसाइज थेरापी’। फिजियोथेरापीमा बिस्तारै कुन रोग कति पुरानो छ भनेर हेरिन्छ र उपचार गरिन्छ। त्यसपछि कुन किसिमको व्यायाम गर्ने, कसरी बस्ने, सुत्ने, के खाने, कसरी बसेर खाने र कसरी बसेर काम गर्ने बारेमा सिकाइन्छ। हामीले स्पार्क हेल्थ होम अस्पताल कालिमाटीमा यी सबै विधि अपनाएर उपचार दिँदै आएका छौँ। तर कति छिटो परिणाम आउने भन्ने कुराचाहिँ बिरामीको अवस्था हेरेर हुन्छ।

केही समस्या चाँडै नै निको हुन्छ भने पुरानो रोग निको पार्न केही समय पनि लाग्छ। फिजियोथेरापीसँगै खानपान नियन्त्रणमा राख्नु, सामान्य क्रियाकलापमा ध्यान दिनु पनि अत्यन्त जरुरी छ र यो फिजियोथेरापीको एउटा महत्त्वपूर्ण पाटो पनि हो। सामान्य अवस्थामा पनि करिब २० मिनेटदेखि आधा घण्टाको समयमा जिउ, हात चलाउने गर्नु पर्छ। यस्तो गर्दा रक्तसञ्चार राम्रोसँग हुन्छ र शरीरलाई सजिलो हुन्छ।

नसा च्यापिएको बिरामीमा, नसा च्यापिएमा जिन्दगी नै सकिन्छ भन्ने भ्रम पनि छ। फिजियोथेरापीबाट ग्रेड ३–४ को बिरामीलाई पनि निको पारेका छौँ। फिजियोथेरापी सँगसँगै, स्वस्थ रहन जीवनशैली, खानपानमा र व्यायाममा पनि ध्यान दिन जरुरी छ। शरीरका लागि दिनको एक घण्टा व्यायाम गर्न जरुरी छ। २४ घण्टामा एक घण्टा आफ्नो शरीरको लागि खर्च गर्यौँ भने बाँकि २३ घण्टा जीवनयापन सजिलै गर्न सकिन्छ। यति गरे अस्पताल नै जानु पर्दैन। यसमा जोइन्ट, ढाडको व्यायाम, श्वासप्रश्वासको व्यायामहरू पर्छन्।

याद गर्नुपर्ने कुरा, जहाँ पायो त्यहीँ फिजियोथेरापी गराउनु हुँदैन। आधिकारिक फिजियोथेरापी सेन्टरमा प्रोफेसनल फिजियोथेरापिस्टले जाँच गरेपछि मात्र फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ। फिजियोथेरापी कति कसरी गराउने भन्ने फिजियोथेरापिस्टले निर्धारण गर्छन् । हिजोआज नेपालमा विशेषज्ञता हासिल गरेका फिजियोथेरापिस्ट उपलब्ध छन्।

हेर्नुहाेस् भिडियाे–

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?