सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन कार्यान्वन्यनकाे बहुपक्षीय बैठक : कसले के भने?

खगराज अधिकारी, पूर्व स्वास्थ्यमन्त्री
हामीले सुर्तीजन्य पदार्थ विरुद्धको उत्कृट कानुन बनाएर विश्वकै ठूलो पुरस्कार पनि पायौँ तर त्यसको कार्यान्वयन भने फितलो हुँदा पुरस्कारले गिज्याइरहेको जस्तो लागिरहेको छ। सुर्तीजन्य पदार्थकै कारण वषमा २५ हजार मानिस मरिरहेका छन्। सूर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था म मन्त्री छँदा ल्याएको हो। म आफैँ सुर्ती उद्योगमा गएर ‘रेड’ हानेको छु। अब पनि त्यो जारी हुनुपर्छ ।
सुर्ती उद्योगीदेखि उच्च नेताहरुले समेत दबाब दिएका थिए। उद्योगीले चाबी नै बुझाउन आए तर म डराइन। निर्णयबाट डगमगाइन। उद्योगीले आफूले नाफा कमाएर धेरै नेपालीका छोराछोरी मार्ने अधिकार कसरी पाउँछ । त्यसमा पनि भएको कानुन पनि नमान्ने?
कानुन बनेको छ निर्देशिका बनेको छ। सूर्य टोबाको कम्पनीले नियम मिचिरहेको छ। कानुनअनुसार चेतावनीमूलक सन्देश छापेको छैन। प्रमुख जिल्ला अधिकारीलाई म आग्रह गर्छु, भोलि नै ‘रेड’ गर्नुस्। हामी तपाईँको साथमा छौँ। त्यो हिम्मत गर्नुस्। सबै नपालीले साथ दिन्छन्।
जनता मार्ने सुर्ती उद्योग चाहिँदैन। रोग लागेपछि उपचार गर्ने प्रवृत्तिमा जोड दिने होइन,सुर्तीजन्य पदार्थमा राजस्व बढाएर यसको सेवन घटाउन लाग्नुपर्छ।
रामनारायण बिडारी, सांसद
कानुन नमान्ने मान्छे, उद्योगलाई कारवाही गर्नुस्। प्रमुख जिल्ला अधिकारीले त्यति आँट गर्नुस्। तपाइँको सुरक्षाको जिम्मा संसदले लिन्छ। कानुनमा ९० प्रतिशत चित्र छाप्ने नियम आइसकेपछि अदालतमा मुद्दा छ त्यसैले छाप्न पर्दैन भन्ने हुँदैन। अन्तरिम आदेश पनि नदिइसकेको अवस्थामा त कानुन मान्दिन भन्न मिल्दैन होला नि!
डा. राजेन्द्रप्रसाद बराल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ
एक खिल्ली चुरोटमा चार हजार केमिकल हुन्छन्। तीमध्ये ६०–७० वटा केमिकलले क्यान्सर गराउँछ। निकोटिन कार्सिनोजेनिक वस्तु होइन तर यसले लत बसाउने काम गर्छ। जति चुरोट सकिँदै जान्छ त्यति नै केमिकलको ‘कन्सनट्रेसन’ बढ्दै जान्छ। हामी सबैलाई थाहा छ धूमपान लगायतका सुर्तीजन्य पदार्थले फोक्सो आदिको क्यान्सर हुन्छ तर सबैलाई यो थाहा छैन कि शरीरको जुनसुकै भागमा हुने क्यान्सरको पहिलो कारण भनेकै सुर्तीजन्य पदार्थ होे।
सुर्तीजन्य पदार्थ मात्र छोड्दा ५०–६० प्रतिशत क्यान्सको समस्या घट्छ। मुटुको रोग, दम, क्षयरोग, मधुमेह आदि सबै सुर्तीजन्य पदार्थले निम्त्याउँछ। सुर्तीजन्य पदार्थ सेवनले कान कम सुन्ने, आँखा कम देख्ने, चाँडै बूढो हुने र हड्डीमा प्वाल पर्ने आदि समस्या पनि आउँछ। मुटुको रोग लाग्ने कारणमा सुरुमा सुर्तीजन्य पदार्थलाई मात्र लिन्छौँ। आज भुटान धुम्रपान रहित देश भयो, नेपाल किन नहुने? हाम्रो उद्देश्य यही नै हो।
डा.ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ
चुरोटको शुरु गरेकै एक वर्षमा हृदयाघात गराउन सक्छ। चुरोटले रक्तनलीमा सिधै असर गरेर रक्तनली खुम्चाउँछ। हृदयाघात, मस्तिष्काघात जस्ता समस्याको मुख्य कारण पनि धूमपान नै हो।
कसैलाई ४० वर्ष अघि हृदयघात हुन्छ भने त्यसको प्रमुख कारण धूमपान हो। जति कम उमेरमा सुर्तीजन्य पदार्थ शुरु गर्यो त्यति हृदयाघात हुने सम्भावना बढी हुन्छ।
चुरोटको कारण धेरै युवाको हृदयाघातको शिकार भइरहेको छन्। कानूनमा कडाइ गर्नुपर्छ। व्यक्ति व्यक्तिलाई मात्र चुरोट छुटाउनुभयो भने उसको जीवन जोगिन्छ। मिडियाले जनचेतना जगाउन ठूलो भूमिका निर्वाह गर्छ। कानुनका विषयमा र जनचेतनामूलक कार्यक्रममा मिडियालाई साथ लिएर जाँदा प्रभावकारी हुन्छ।
रामप्रसाद आचार्य, प्रजिअ, काठमाडौं
सुर्तीजन्य पदार्थ सभ्य समाज बाहिरको कुरा भएकोमा दुर्इमत छैन। कानुन मिच्ने कुरा स्वीकार्य हुँदैन। सराेकारवाला निकायसँग समन्वय गरी अावश्यक कदम चाल्छाैँ। कसैले नियम मिचेकाे छ भने उजुरी गर्नुस्, हामी कारबाही गर्छाैँ। एेन कार्यान्वन्यन गराउने निकायविच नै सहकार्य हुन जरूरी छ ।
डा.सुशीलनाथ प्याकुरेल, स्वास्थ्य सचिव
नसर्ने रोगको लागि स्वास्थ्य मन्त्रालयकाे ठुलाे बजेट खर्च भइरहेको छ जसकाे प्रमुख कारण नै सुर्तीजन्य पदार्थ हाे। सुर्तीजन्य पदार्थकाे सेवन कम गराउन सके याे ठुलाे खर्च कम गराउन सकिन्छ । यसमा हामी पनि लागिरहेका छाैं। स्वास्थ्य मन्त्रालय सुर्तीजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनमा प्रतिबद्ध छ र हुनेछ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा