छात्रालाई प्याड वितरण
रामपुर (पाल्पा) : पूर्वखोला गाउँपालिकाले रजस्वला हुँदा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको छ। गाउँपालिकाका कुनै पनि विद्यालयमा रजस्वलाका बेला छात्राहरु पढाइ छाडेर घरमा बस्न नपरोस् भन्ने उद्देश्यले ७२ प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।
पूर्वखोला गाउँपालिकाको ७५ प्रतिशत तथा विद्यालयको २५ प्रतिशत अनुदानमा गाउँपालिकाका सात माध्यमिक विद्यालय र आठ आधारभूत विद्यालयमा प्याड वितरण गरिएको हो । गाउँपालिकाका छात्राले विद्यालय नजाने गरेपछि विद्यार्थीका पढाइ र स्वास्थ्यलाई ध्यानमा राख्दै प्याड वितरण गरिएको अध्यक्ष थापाको भनाइ छ ।
महिनावारी भएका बेला छात्रालाई समस्या हुने र कतिपयले विद्यालय आएपछि बीचमै पढाइ छाडेर घर जाने तथा विद्यालय नै नगई तीन चार महीनासम्म रजस्वलाकै कारण बिदा लिने गरेको शिक्षकले बताएका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने