Health TV Online
Health TV Online
Health TV Online

निमाेनियाका बिरामी बढे

निमाेनियाका बिरामी बढे

सिमकोट : चिसो बढेसँगै हुम्लाका बालबालिका तथा वृद्धवृद्धामा निमोनिया देखा परेको छ। जिल्लाको तापक्रम माइनस ८ डिग्री सेन्टीग्रेटमा झरेका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनियालगायत समस्या देखिएको जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले बताए।

अहिले जिल्ला अस्पतालमा दैनिक ३० देखि ५० निमोनियाका बिरामी आउने गरेको उनले बताए। सातै वटा गाउँपालिकाका स्वाथ्यचौकीमा अहिले मौसमी रुघाखोकी, ज्वरो, निमोनिया, श्वासप्रश्वास र प्रेसर लगायतका बिरामीको संंख्या बढेको समेत जिल्ला अस्पतालका डा. लामाले जानकारी दिए।

संक्रमित व्यक्तिहरूबाट बालबालिकाहरुलाई टाढा राख्न र बालबालिकाहरूलाई रुघाखोकी र ज्वरो आए तत्काल स्वास्थ्य संस्थामा लैजान समेत स्वाथ्यकर्मीले आग्रह गरेका छन्। चिसोले बालबालबालिका देखि वृद्धवृद्धा र दमका रोगीहरूमा धेरै असर गर्ने भएकाले न्यानाे कपडा लगाएर खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीहरूको सुझाव छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार