Health TV Online
Health TV Online
Health TV Online

डा.प्याकुरेललार्इ अधिकारसहित निमित्त सचिवको जिम्मेवारी

डा.प्याकुरेललार्इ अधिकारसहित निमित्त सचिवको जिम्मेवारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले निमित्त सचिवको जिम्मेवारी पाएका छन्।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आइतबार डा. प्याकुरेललाई अधिकारसहितकाे निमित्त सचिवको जिम्मेवारी दिएका हुन्।

मन्त्रालयले उनलाई दिएको पत्रमा अर्को व्यवस्था नभएसम्म प्रशासनिक अधिकारसहित निमित्त सचिवका रूपमा काम गर्न भनिएको छ।

सरकारले गत २८ असोजको निर्णय भन्दै गत ९ कात्तिकमा सचिव पुष्पा  चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र थमाएको थियो। त्यसलगत्तै सचिव चौधरीले सरकारको निर्णयविरुद्ध अदालतमा रिट दायर गरेकी थिइन्।

स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्किएकी थिइन्।

अदालतकाे अादेशसँगै गत अाइतबार काममा फर्किएकी उनलार्इ सरकारले मंगलबार पुनः हटाएकाे थियाे।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार