भुल्न नसकिने पाेखराकाे भाइटीका
मेरा चार दिदीबहिनी। हामी ६ दाजुभाइ। म जेठो। चारमध्ये एक दिदी चितवनमा हुनुहन्छ। दुई बहिनी काठमाडौं र एक बहिनी पोखरामा छन्।
काठमाडौं बसाइ र कर्मथलो दुवै भए पनि केही वर्षयता टीका लगाउन म चितवन विशालचोकस्थित दिदी ८० वर्षीया माधवी पौडेलकहाँ आइपुग्छु। यसपालि पनि मंगलबार नै चितवन आएको छु। यहाँ आएर विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएँ। आफन्त, साथीभाइसँग भेटघाट गरेँ।
अरु भाइहरू कोही काठमाडौं र कोही पोखरामा बहिनीसँग टीका लगाउँछन्। याे पटक एक भानदाइ अर्का सानिमाका छोरासहित हामी तीन भाइ दिदीको हातबाट टीका लगाउँदेछौँ।
अरु भाइ काम व्यस्तताले दिदीकाे आउन पाउँदैनन्। म एक्लैलाई भए पनि टीका लगाउन पाउँदा दिदी अत्यन्तै खुशी हुनुहुन्छ। त्यो देख्दा आफूलाई पनि आनन्द लाग्छ।
भाइटीकाका पहिले पहिलेका रमाइला सम्झना छन्। बुबा आचार्य तीर्थराज अग्निहोत्री संस्कृतका ठूला विद्वान्। भाइटीकाका दिन हामी सबै दाजुभाइ, दिदीबहिनी जम्म हुन्थ्यौँ। बुबाले विधिविधानपूर्वक पूजा गराइदिनुहुन्थ्यो। मन्त्र उच्चारणसहित अष्टचिरञ्जीवी, यमराज यमुनालगायतको पूजा गराएर हामीलाई टीका लगाउन सिकाउनुहुन्थ्यो।
साह्रै रमाइला थिए ती दिन। अहिले बुबा हुनुहुन्न। हामी दाजुभाइ, दिदीबहिनी पनि आफ्नै व्यवहारमा अल्झेका छौँ। कोही कहाँ, कोही कहाँ पुगेका छौँ, तर पनि टीका लगाउन दिदीबहिनीकाेमा पुग्ने गरेकै छाैँ।
पहिले पहिले बाटोघाटो र यातायातको सुविधा नहुँदा आउजाउ गर्न गाह्रो हुन्थ्यो। तर अहिले सजिलो भएको छ। त्यसैले यो उमेरमा पनि म चितवन दिदीकोमा आएको छु।
पाँच वर्षअघि पोखरामा भएकी बहिनी जाह्नवी त्रिपाठीकहाँ टीका लगाउन हामी सबै दाजुभाइ पोखरा पुगेका थियौँ। बडो रमाइलो भयो। विन्द्यवासिनी देवीको दर्शन गरियो, फेवातालको शयर, माछापुच्छ्रे अवलोकन गरियाे। जीवनमा सबैभन्दा रमाइलाे भाइटीका भयो त्यो साल।
कुराकानीमा आधारित
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?