फेरि जिम्मेवारीबाट हटाइयो सचिव चौधरीलाई
काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा।पुष्पा चौधरीलाई फेरि जिम्मेवारीबाट हटाएको छ।
दुई साताअघि मन्त्रिपरिषद् कार्यालयमा गरिएको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि चौधरी आइतबार मन्त्रालय फर्किएर काम गर्न थालेकी थिइन्।
मुख्यसचिव लोकदर्शन रेग्मीले अदालतको आदेश प्रधानमन्त्री कार्यालयमा आएपछि मात्र कार्यान्वयन हुने कानुनी व्यवस्थाविपरीत चौधरी आफैँ मन्त्रालयमा हाजिर भएको भन्दै पुनः मन्त्रिपरिषद्मा फर्काएको स्रोतले जनाएको छ।
चौधरीलाई मन्त्रिपरिषद् कार्यालयमा पठाइएपछि आइतबार मन्त्रालयको वेबसाइटमा निमित्त सचिव डा।सुशीलनाथ प्याकुरेलको नाम राखिएको थियो। मंगलबार चौधरीको नाम हटाएर पुनः निमित्त सचिव प्याकुरेलको नाम राखिएको छ।
सरकारले गत २८ असोजको निर्णय भन्दै गत ९ कात्तिकमा सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र थमाएको थियो। त्यसलगत्तै सचिव चौधरीले सरकारको निर्णयविरुद्ध गत बिहीबार अदालतमा रिट दायर गरेकी थिइन्।
स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्किएकी थिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण