स्वास्थ्य मन्त्रालयद्धारा तत्कालका लागि सरुवा र काज स्थगित
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।मन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै सरुवा काज कामकाज सम्वन्धी काम अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको हो ।
भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
अहिलेलाई अत्यावश्यक सेवा प्रवाहसँग सम्बन्धित कामबाहेक अन्य प्रशासनिक प्रक्रिया अर्को सूचना जारी नहुँदासम्म अघि नबढाइने निर्णय भएको मन्त्रालयले जनाएको छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड