Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घाइतेको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

घाइतेको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थ टिभी अनलाइन : सरकारले सोमबार भएको जेनजी आन्दोलनमा घाइते भएका सबैको उपचार निःशुल्क गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका क्रममा घाइते भएका सबै नागरिकको उपचार निःशुल्क र छिटो छरितो गर्न सबै संघीय अस्पतालहरूलाई निर्देशन दिएको हो। यसैगरी मन्त्रालयले घाइतेहरुका लागि एम्बुलेन्स सेवा प्रभावकारी बनाउन र सहज उपचारका लागि पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्यकर्मी तथा चिकित्सकलाई यो आपतकालका बेला एकजुट भई उपचारमा जुट्न पनि मन्त्रालयले भनेको छ ।

जेनजीहरुले सामाजिक सञ्जाल बन्द विरुद्धमा आजदेखि आन्दोलन सुरु गरेका हुन् । तर सुरुकै दिन सरकारको दमनका कारण १७ जना जेनजीले ज्यान गमाइसकेका छन् भने सयौंको संख्यामा घाइते छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार