यौनिकता शिक्षा पाठ्यक्रममै समावेश हुन अत्यावश्यक छ : शिक्षामन्त्री भट्टराई

हेल्थ टिभी अनलाइन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बृहत्तर यौनिकता शिक्षा प्राथमिक तहदेखिकै पाठ्यक्रममा राख्न आवश्यक रहेको बताएकी छिन् । आइतबार नेशनल सीएसई एडभोकेसी कोलिसन तथा यूएनएफपीएले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले यौनिकता शिक्षाकाबारेमा किशोरकिशोरीले जति छिटो बुझे त्यति नै उनीहरु गलत बाटोमा जानसक्ने सम्भावना घट्ने भन्दै ४ \५ कक्षादेखि नै पाठ्यक्रममा यो विषय समावेश हुनुपर्नेमा जोड दिइन ।
उनले योसँगै यौनिकता शिक्षाकाबारेमा पढाउने शिक्षक शिक्षिकालाई पनि तालिम र पढाउने सामग्री उपलब्ध गराउन आवश्यक रहेको बताइन् । उनले भनिन, ‘अहिले धेरै शिक्षकले पाठ्यक्रममा भए पनि विभिन्न बहानामा यौनिकता शिक्षाका बारेमा पढाउँदैनन भन्ने गुनासो छ , हामीले गुनासो मात्र गरेर हुँदैन यौनिकताकाबारेमा कसरी पढाउने, उमेर अनुसार कस्तो सामग्री प्रयोग गर्ने, विधि के अपनाउने भन्नेबारेमा शिक्षकलाई सिकाउन र तालिम दिन आवश्यक छ ।’ उहाँहरुले बुझे पो विद्यार्थीहरुलाई बुझाउन सक्नुहुन्छ उनले थपिन । उनले यौनिकता शिक्षा निकै संवेदनशिल विषय भएकाले शिक्षा मन्त्रालयले पनि यसलाई प्राथमिक तहदेखिनै व्यवस्थित रुपमा पाठ्यक्रममा राखेर बिद्यालय जाने किशोरकिशोरीलाई यसबारे सही रुपमा बुझाउन सिकाउनपर्छ भन्नेमा लागेको जिकीर गरिन ।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत डा खेम कार्कीले यौनिकता शिक्षाकाबारेमा धेरैमा नकारात्मक धारणा रहेको भन्दै यो शिक्षा हरेक व्यक्तिले जान्नैपर्ने विषय भएको बताए । डा कार्कीले अझ यौन सम्बन्धमा जानुभन्दा अगाडी नै यी विषयका बारेमा जति धेरै बुझाउन सकियो त्यति नै उनीहरुमा हुने जोखिम कम हुने बताए । धेरै किशोरकिशोरीलाई यौन, प्रजनन स्वास्थ्य, यौन सम्बन्धकाबारेमा जानकारी नै हुँदैन वा उनीहरुसँग छलफल नै गरिंदैन जसले गर्दा उनीहरु आफूमा आएको परिवर्तनलाई रोक्न नसक्दा गलत अभ्यास गर्नपुग्ने गरेको उनले जिकीर गरे । उनले भने, ‘हामीकहाँ यौनिकता शिक्षाले बच्चालाई छाडा बनाउँछ भन्ने गरिन्छ, तर त्यसो होइन, उनीहरुलाई संयम हुन हिंसा गर्नबाट जोगाउने काम गर्छ यौनिकता शिक्षाले ।’
यौनिकता शिक्षाले व्यक्तिगत स्वास्थ्य, उमेरसँगै आउने परिवर्तन, यौनजन्य रोगकाबारेमा जानकारी, असुरक्षित यौन सम्बन्ध, गर्भधारण जस्ता विषयमा जानकारी दिने हुँदा किशोरकिशोरीलाई जोखिमपूर्ण यौन व्यवहार अस्वीकार गर्न मद्दत गर्छ उनले थपे । कार्यक्रममा यूएनएफपीएका डा बसीर नजीव तथा भिजिबल इम्क्याक्टकी शिल्पा लामिछानेले यौनिकता शिक्षाको महत्वकाबारेमा आफनो धारणा राखेका थिए ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा