ग्लोबल एएमआर मिडिया अलायन्सले पायो अन्तर्राष्ट्रिय पहिचान, अवार्डद्धारा सम्मानित
हेल्थ टिभी अनलाइन : एन्टीमाइक्रोबियल रेसिस्टेन्समा मिडिया मार्फत सूचना तथा सचेतना फैलाउँदै विभिन्न कार्यक्रम गर्दै आएको ग्लोबल एएमआर मिडिया अलायन्स (गामा) ले काम गर्न थालेको एक वर्षमै अन्तराष्ट्रिय पहिचान पाएको छ ।
गामा विश्वभर मिडियामा काम गर्ने पत्रकारहरुको साझा नेटवर्क हो जुन नेटवर्कले एन्टीमाइक्रोबियल रेसिस्टेन्सको सचेतनामा काम गर्छ । यो नेटवर्कमा विश्वभरबाट ३० देशका १५० भन्दा बढी सदस्यहरु छन्। यसको मुख्य उद्धेस्य भनेको मिडिया मार्फत एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी सचेतना बढाई सर्वसाधारणलाई एन्टीबायोटिकको उचित प्रयोग गर्न उत्प्रेरित गर्नु रहेको बताउँछिन गामाकी केन्द्रीय अध्यक्ष तथा सीएनएसकी संस्थापक तथा प्रबन्ध सम्पादक शोभा शुक्ला । शुक्लाकै नेतृत्वमा गामा स्थापना भएको हो । यसले विज्ञहरुसँग पत्रकारहरुको नियमित साक्षात्कार गराउँदै आएको छ ।
केही दिन अघि मात्र ४० भन्दा बढी देशका पत्रकारहरु जसले एन्टीमाइक्रोबियल रेसिस्टेन्समा कलम चलाएका थिए उनीहरुलाई गामाले अवार्ड प्रदान गरेको थियो । आज सोही गामालाई पनि यो छोटो समयमा एन्टीमाइक्रोबियल रेसिस्टेन्समा गरेको कामको सम्मान गर्दै साउदी अरेबियामा भएको चौंथो ग्लोबल हाइ लेबल मन्त्री स्तरीय सम्मेलनमा सम्मानसहित उक्त अवार्ड प्रदान गरिएको हो ।





नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य