गर्भवतीले के के कुरामा ध्यान दिने ?

हेल्थ टिभी अनलाइन : आमा बन्नु सबै महिलाको एउटा सुन्दर सपना हुन्छ। नौ महिना सम्मको कठिनपूर्ण यात्रामा गर्भवती महिलाले अनेकौं खालका समस्या र पीडाहरु भोग्नु परिरहेको हुन्छ। गर्भावस्थामा आउने विभिन्न जटिलता मध्ये मुख्य भनेको थाइराइडको समस्या, उच्च रक्तचाप, उच्च मात्रामा रगत बग्ने, पेट दुख्ने, आदि हुन्। यो समस्याहरुले गर्भावस्थामा जटिलता लिएर नआउला भन्न सकिदैंन।
गर्भवती महिलामा पहिलेबाट नै प्रेसरको समस्या छ भने यसले समस्या निम्त्याउँछ। जुन गर्भावस्थाको तीन महिनामा देखा पर्दछ। यस्तो अवस्थामा गर्भवती महिलाले उच्च सतर्कता अपनाउन जरुरी हुन्छ। अर्को भनेको पीआईएच ९प्रेगनेन्सी इन्ड्युस्ड हाइपर टेन्सन ० हुन्छ जुन ५ महिना पछि देखा पर्ने गर्दछ। यसले ६ देखि १० प्रतिशत प्रेग्नेन्सीमा जटिलता ल्याउँदछ। जुन महिलाहरुमा प्रेसर, सुगर र मोटोपन बढी हुन्छ उनीहरुमा पीआईएच बढी देखा पर्ने गर्दछ। यसका कारण उमेर नै नपुगी प्रि म्याचुअर बच्चाहरु जन्मन सक्छन्। त्यसैगरी यस्तो अवस्थामा स्ट्रेस पनि बढी हुने गरेको पाइन्छ।
कस्ता खालका सर्तकता अपनाउने त
गर्भावस्था भनेको अत्यन्तै संवेदनशील हुन्छ। यस्तो अवस्थामा बढी भन्दा बढी सतर्कता अपनाउन जरुरी हुन्छ । आफ्नो अवस्थालाई ध्यानमा राख्दै आफूले के गर्ने के नगर्ने भन्ने कुरामा चनाखो हुन आवश्यक हुन्छ। जुन महिलालाई थाइराइड, सुगर हाइपर टेन्सन जस्ता समस्याहरु छन्, उनीहरुले नियमित डाक्टरको सम्पकैमा रही स्वास्थ्य जाँच गर्न आवश्यक छ। गर्भवती महिलाले सकेसम्म भारी र जोखिमपूर्ण काम नगरेको राम्रो हुन्छ। यस्तो काम गर्नाले गर्भमा भएको बच्चालाई असर पुग्न जान्छ। यदि परिवारमा कसैलाई कुनै रोग छ भने उनीहरुबाट सकेसम्म टाढा बस्दा राम्रो मानिन्छ। गर्भवती महिलाको अवस्था नाजुक हुने भएको हुँदा सहजै इन्फेक्सन हुने जोखिम बढी रहेको हुन्छ। त्यसैगरी यस्तो अवस्थामा सकेसम्म भीडभाड र कोलाहल ठाँउमा नजान उचित रहन्छ।
के खाने के नखाने
गर्भावस्थामा अर्को ध्यान दिनुपर्ने कुरा हो खानपान । यो अवस्थामा खानपानमा ध्यान दिन अत्यन्तै जरुरी हुन्छ। विशेषगरी यस्तो अवस्थामा सन्तुलित आहार खानु अत्यन्तै जरुरी हुन्छ। विशेषगरी आइरन, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन जस्ता कुराहरु समावेश गर्नु पर्दछ। अझ यस्तो बेलामा प्रोटिनयुक्त खानेकुराहरु जस्तै गेडागुडी, बदाम, माछा, मासु, फलफूल, सागपात आदि समावेश गर्न अत्यन्तै लाभदायक हुन्छ। यो बेलामा मदिरापान र धुम्रपान नगर्नु उचित हुन्छ। धुम्रपान गर्दा यसको सिधै असर गर्भमा भएको बच्चामा पर्न जान्छ। यसले गर्भमा रहेको बच्चाको दिमाग र फोक्सोमा असर पार्नुका साथै महिलामा गर्भपातको जोखिम समेत बढाउँछ। त्यसैले गर्भवती महिलाले धुम्रपान नगर्न र धुम्रपान गर्ने व्यक्तिको वरपर पनि नपर्न जरुरी हुन्छ । त्यसैगरी प्रशोधित खाने कुरा, नपाकेका खानेकुरा र धेरैदिन देखिको बासी खानेकुराहरु नि सेवन गर्न हुँदैन । यसैगरी गभैवतीले तिर्खा नै नलागे पनि पर्याप्त मात्रामा पानी पिउनु पनि उत्तिकै जरुरी हुन्छ।
गर्भावस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्दै भरपुर मात्रामा आराम गर्न जरुरी हुन्छ। साथ साथै हिंड्डुल, शारीरिक व्यायाम, अभ्यास गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो हुन जान्छ। डाक्टरको सल्लाह बमोजिम शारीरिक अभ्यासहरु गर्नुपर्छ । यो अवस्थामा तनाव, मुड स्विंग्स, चिडचिडापन बढ्ने भएको हुँदा ध्यान र सामान्य योग गर्न उत्कृष्ट हुन्छ।यसका साथै शान्त पारिवारिक वातावरण हुनु पनि उत्तिकै आवश्यक छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा