डाइबेटिज हुन नदिन प्रि डाइबेटिज अवस्थामा नै नियन्त्रण गर्नुपर्छ

डा सुकान्ति शाह, मधुमेह रोग विशेषज्ञ
मानिसको रगतमा सुगरको मात्रा सामान्य भन्दा केही बढी मात्रामा भएमा त्यसलाई प्रि डाइबेटिज भनिन्छ र यो अवस्थामा डाइबेटिज पहिचान भने भइसकेको हुँदै्न। त्यसैले यसलाई डाइबेटिजको बर्डर लाइन अर्थात अर्ली स्टेज अफ डाइबेटिज पनि भनिन्छ ।
परीक्षण गरेर हेर्दा खाना खानुभन्दा पहिले सुगरको लेबल १०० देखि १२५ र खाना खाएपछि जाँच गर्दा १४६ देखि १९९ सम्मको अवस्थालाई प्रि डाइबेटिज अवस्था भनिन्छ। यसैगरी एचबीएवानसी ५ पोइन्ट ६ देखि ६ पोइन्ट ४ को बीचमा आएमा प्रि डाइबेटिज भएको मानिन्छ ।
प्रि डाइबेटिज पुष्टि भएपछि त्यही अवस्थामा नियन्त्रण गर्न सके डाइबेटिज हुनबाट जोगिन सकिन्छ । तर यो अवस्थामा ख्याल गरिएन र जीवनशैली परिवर्तन गरिएन भने प्रि डाइबेटिज भएका सबैलाई केही वर्षमा नै डाइबेटिज हुन जान्छ । त्यसैले सुगर डाइबेटिज हुने लाइनमा छ भने त्यसलाई नियन्त्रण गर्नुको विकल्प छैन्।
डाक्टरको सरसल्लाह लिएर तत्काल रोग नियन्त्रण गर्नेतर्फ नलागे प्रि डाइबेटिज केही समयमै पूर्ण डाइबेटिजमा परिणत हुन्छ। तर यो अवस्थामा नै थाहा पाएर खानपान र जीवनशैली परिवर्तन गर्न सके डाइबेटिजलाई बेलैमा रोक्न सकिन्छ। यो हाम्रै हातमा छ । तर जब अल्छी गरिन्छ त्यहाँ समस्या सिर्जना हुन्छ । धेरैजसो प्रि डाइबेटिज भएको मानिसमा कुनै पनि लक्षणहरु देखिंदैनन् । पछि मधुमेह भइसकेपछि लक्षणहरू देखिन थाल्छन्। तर केहीमा केही संकेतहरु भने देखिन सक्छन्। महिलाहरुको महिनावारी गडबड हुने, अनुहारमा रौं आउने, स्कीन ट्यागहरु देखा पर्ने जस्ता लक्षण आउन सक्छन्। तर सबैमा यो लागू नहुन सक्छ ।
त्यसैले हरेक व्यक्तिले ३५ वर्ष काटिसकेपछि वर्षमा एकपटक ‘सुगर’ जाँच गराउन आवश्यक छ। यसले कम्तीमा मधुमेह हुनसक्ने अवस्था छ कि छैन भन्ने बारेमा थाहा पाउन सकिन्छ र सचेत हुन सहयोग गर्छ ।
बढी मोटा व्यक्ति, उच्च रक्तचापको समस्या भएका कोलेस्टेरोल उच्च भएका, शारीरिक व्यायाम नगर्ने व्यक्तिहरु डाइबेटिजको उच्च जोखिममा हुन्छन्। यस्ता व्यक्तिहरु अझ बढी सतर्क भएर कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउन आवश्यक छ विशेष गरी सुगर लेबल ।
अर्को कुरा प्रि डाइबेटिज अवस्था भनेको रोग लाग्नु भन्दा अघिको अवस्था हो । त्यसैले धेरै आत्ति हाल्नु पर्दैन । तर सावधानी भने सुरु गर्नुपर्छ यसलाई कसरी नियन्त्रण गर्ने भनेर । यदि कोही व्यक्ति मोटो भएमा विस्तारै वजन कम गर्दै लानुपर्छ, दैनिक व्यायाम गर्ने, स्वस्थकर खाना खाने गरेमा यो नियन्त्रण हुन्छ ।
(मधुमेह रोग विशेषज्ञ डा शाह आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन्।)
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा