Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्वस्थकर जीवनशैलीले बढाउँदैछ मधुमेहको समस्या

अस्वस्थकर जीवनशैलीले बढाउँदैछ मधुमेहको समस्या

मधुमेह अर्थात रगतमा चिनीको मात्रा बढी भएर हुने रोग । बढ्दो आधुनिकीरणसँगै यो रोग संसारभरनै बढिरहेको छ भने नेपालमा पनि प्रत्येक वर्ष मधुमेहका बिरामी थपिने क्रम बढेको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा झण्डै ४६ करोड मानिसलाई मधुमेह रोग रहेको अनुमान गरेको छ। मधुमेह दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राख्नु बाहेकको अर्को विकल्प छैन।

बढ्दो आधुनिकीकरण, खानेकुरामा विषादीको अत्यधिक प्रयोग, अनियन्त्रित जीवनशैलीका कारणले पनि होला मधुमेहको समस्या विकराल बन्दैछ। शुरुमा नै मधुमेह नियन्त्रण गरियो भने सामान्य जीवनयापन गर्न सकिन्छ। यसो गर बीसौँ वर्षसम्म पनि समस्या आउँदैन। तर यसलाई व्यवास्ता गर्दा यसले जटिल रोगहरु निम्त्याएर जीवन असहज मात्र हैन मृत्यु समेत गराउँछ ।

मधुमेहलाई बेलैमा ख्याल गरिएन र शुरुदेखि नै लापरवाही गरियो भने यसले भयावह स्थिति निम्त्याएका धेरै उदाहरण हामीसँग छन्। यसले मुटु, मिर्गौला, आँखा जस्ता महत्त्वपूर्ण अंगमा असर गर्न शुरु गर्छ। जटिलता आइसेकपछि उपचार पनि महंगो बन्न पुग्छ।

हाम्रो आनीबानी र अस्वथकर जीवनशैलीकै कारण मधुमेह लगायतका रोग बढिरहेको छ । यसलाई सच्याइएन भने यो समस्या विकराल बन्दै जान्छ ।

हामी कहाँ आफ्नो स्वास्थ्यका लागि समय निकाल्ने फुर्सद निकाल्नेहरू निकै कम छन्। हाम्रो खानपान जीवनशैली र वातावरणको कारण पनि दिनप्रतिदिन रोग बढिरहेको छ। निरोगी कसरी रहने भन्ने कुराको बहस नै हुँदैन। समस्या यहीँनेर छ। रोग लागिसकेपछि लाखौँ खर्च गरेर उपचार गर्नुको सट्टा कम्तीमा मेरो स्वास्थ्य कस्तो छ ? म कत्तिको स्वस्थ छु ? भन्ने कुरा आफैँले विचार गरेर नियमित जाँच गराउने हो भने यति धेरै दुःख नै हुँदैन। अब हामीले निरोगी हुने तरिका सिक्नुपर्छ, रोगको उपचार गर्ने होइन। रोगी हुनबाट कसरी बच्ने, निरोगी कसरी रहने, बहस गर्न जरुरी छ। हाम्रो आनीबानी र अस्वथकर जीवनशैलीकै कारण मधुमेह लगायतका रोग बढिरहेको छ । यसलाई सच्याइएन भने यो समस्या विकराल बन्दै जान्छ ।

पहिले पहिले खाना अभावले रोग बढ्थ्यो भने अहिले खाना खान नजानेर वा खानाको मोहमा परेका कारण रोग बढिरहेका छन्। हामी बढी सौखिन भएका कारण र शारीरिक व्यायाम गर्न अल्छी बनेका कारण मधुमेह लाग्न थालेको छ । व्यायाम गर्ने बानी त धेरै कमको मात्र छ। जब समस्या हुन्छ तब मात्र व्यायाम गरौँला भन्नेहरू धेरै छन्। एक पाइला हिंड्न पनि हामी मोटर खा्ज्छौं । यो बानीले हामीलाई रोगी बनाइरहेको छ ।

रोग लाग्नुभन्दा अघि नै मैले कस्तो खाना खानुपर्छ भन्ने कुरा आफ्नो चिकित्सकलाई सोध्न सकिन्छ। तौल, उचाइ अनुसार कस्तो र कति मात्रामा खाने भन्ने सल्लाह चिकित्सकसँग लिए मधुमेह जस्ता दीर्घ रोग लाग्नबाट बेलैमा बच्न सकिन्छ। आफ्नो स्वास्थ्यका लागि बजेटको पनि ‘प्लान’ गर्नपर्छ। अहिले केही कुरा चाहिँ हुन थालेको छ। तर यत्तिले पुग्दैन। समाज परिवार देशले नै यसबारे सोच्नपर्छ योजना बनाउनुपर्छ। कम्तीमा सामान्य जाँच वर्षमा एकपटक गर्ने त्यसका लागि केही बजेट छुट्याएर राख्दा पैसा, समय र दुःख सबै कम हुन्छ। त्यसैले सबैले आफ्नो स्वास्थ्यको बारेमा सोच्ने दिन आइसकेको छ।

यहाँ राेग लागिसकेपछि उपचारमा मात्र हाम्रो फोकस छ। रोकथाममा छैन। सरकारले रोकथाममा सरकारले लगानी बढाउनपर्छ र नागरिक पनि आफनो स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।

पैसा मात्र सुख हैन। यसको पछि अन्धाधुन्ध लाग्दा भविष्यमा यसले ठूलो समस्या निम्त्याउँछ। त्यसैले समयमा खाने, समयमै सुत्ने बानी बसाल्नुपर्छ। परिवारसँग बिहानसँगै बसेर चियाखाऔं । कुरा गरौँ। कम्तीमा वर्षमा एकपटक शरीरको सामान्य जाँच गर्ने गर्नुस्। त्यसका लागि केही बजेट छुट्याएर राख्दा पैसा, समय र दुःख सबै कम हुन्छ। सबैले आफ्नो स्वास्थ्यको बारेमा सोच्ने दिन आइसकेको छ। मधुमेह एक्लो नभएर अन्य रोगहरु पनि सँगै लिएर आउने रोग भएकाले यसकारबारेमा बुझेर सही उपचार गर्ने र त्यो भन्दा अघि लाग्नै नदिन कोशिश गर्न जरुरी छ ।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।