विजयादशमीमा प्रयोग गरिने जमराको महत्त्व

समन सिंह बस्नेत
काठमाडौं : नेपाली समाजमा दशैंमा घटस्थापनाका दिन जौं को जमरा छर्ने गरिन्छ । विजया दशमी देखि निधारमा राता अक्षता र शिरमा जमरा लगाएर उत्सव मनाईरहेको हामी देख्छौं । प्राचीन कालमा जमरालाई शिर वा कानमा राख्नका लागि मात्रै जमरा राख्ने परम्पराको बिकाश नभएर औषधीको रुपमा विकास भएको थियो भन्ने कुरा धेरैलाई थाहा नहन सक्छ ।
हाम्रा प्राचीन आयुर्वेदका आचार्य ऋषि महर्षिहरुले जौं को जमरामा खोज र अनुसन्धानबाट विभिन्न रोगहरुको उपचार गर्न सकिने तथ्य पत्ता लगाएर दशैमा जमरालाई लगाउनका लागि मात्रै नभएर सेवन गर्ने परम्परा बसालेको पाइन्छ तर उक्त जमराको सेवनलाई बिर्सेर मानिसहरुले शिर , कानमा जमरा राखि प्रसाद स्वरुप दशैमा लगाउने मात्र गरेको पाईन्छ यसरी जमराको महत्त्वलाई चटक्कै बिर्सिएको पाईन्छ । आज यसै जमराको विषयमा चर्चा गर्दै छु । आयुर्वेदमा जौंलाई यव भनिन्छ । आयुर्वेदिक चिकित्सा अनुसार जौंलाई विभिन्न रोगहरुबाट दुर गर्ने यज्ञयज्ञादिमा उपयोगी , बल , प्राण दिने र शरिरमा रोग प्रतिरोधात्मक क्षमता वढाउने वनस्पतिको रुपमा लिईन्छ । आयुर्वेदमा यसबाट क्षार पनि तयार गरिन्छ जस्लाई यवक्षार भनिन्छ । यस कारण यज्ञयज्ञादिमा जौ को प्रयोग प्रशस्त मात्रामा गरिएको पाईन्छ । पौराणिक ग्रन्थहरुमा यवोसि धान्यश अर्थात जौं लाई अन्नको राजाको रुपमा लिइन्छ। भगवान श्री कृष्णले पनि औषधिनामहं यवस् अर्थात् औषधिहरुमा जौं हुँ भनेका छन् । यसरी प्राचीन काल देखि जौ को जमरालाई विशेष महत्त्व दिएको छ । आयुर्वेदमा आचार्यहरुले जौं को जमराको स्वरस कल्पनालाई हरित अमृत रस अर्थात हरियो रगतका रुपमा वर्णन गरेका छन् ।
वर्तमान समयमा आयुर्वेदले महत्त्वपूर्ण स्थान दिएको जौं को जमराको स्वरस कल्पनालाई आधुनिक चिकित्सा शास्त्रका वैज्ञानिक देखि चिकित्सकहरुले विभिन्न खोज र अनुसन्धान बाट यो प्रमाणित भएको छ । जमरामा ू लेट्राईल ू नामक औषधि तत्व भेट्टाएका छन् । जो क्यान्सरको कोषलाई नष्ट गर्ने क्षमता राख्दछ , जसरी मधुमेह ू इन्स्युलिनले जे काम गर्दछ त्यहि काम क्यान्सरमाू लेट्राईलले गर्दछ । यस्तै जौं को जमरामा सबैभन्दा बढी जिवनदायीनी तत्व क्लोरोफिल पनि पाईन्छ जुन सर्वाधिक पोषक तत्वा मानिन्छ जुन ४० प्रतिशत भाग हाम्रो शरिरको रगतसँग मिल्दोजुल्दो छ । यसकारण यसलाई हरियो रगत समेत भनिन्छ । अन्य पोषक तत्वहरुमा कार्वोहाईड्रेट, प्रोटिन , विभिन्न खनिज लवण , क्याल्सियम , फस्फोरस , आईरन , भिटामिन बि कम्पलेक्स लगायत पौष्टिक तत्व पाईएको छ । वर्तमान समयमा सवैभन्दा बढी अमेरिकाकी आधुनिक चिकित्सा शास्त्रकी विशेषज्ञ डा एन विगमोरले नाम जमराको अध्ययनमा उनको नाम अग्रस्थानमा आउँछ । जस्ले आफ्नो चिकित्सा पेशा नै छाडेर प्राकृतिक चिकित्सामा कार्य गर्न थालेकि थिईन । यस्तै अमेरिकी भुविज्ञ डा आर्क थामसले गरेको अनुसन्धानबाट पनि जौं को कलिलो जमराबाट पाईने तत्व सर्वोकृष्ट पौष्टिक पदार्थले भरिपुर्ण खाध्य पदार्थ पाईने तथ्य पत्ता लगाए ।
आधुनिक खोज अनुसन्धानबाट जौं को जमराको जुसबाट निको पार्न सकिने रोगहरुमा आन्द्रा र पेटको क्यान्सर, मधुमेह, उच्च रक्तचाप, पक्षघात, मृगी, छालाका रोग एवम् छालाको क्यान्सर, कब्जियत, आँखाका रोगहरु, महिलाको स्तन क्यान्सर, गलाकाे क्यान्सर, दम , महिलाको रक्त प्रदर, मुर्छा, रक्तपित्त , मानसिक कमजोरी, दाँतका बिभिन्न समस्यामा सफल उपचार गर्न सकिन्छ ।
जमराको स्वरस सेवन गर्ने तरिका :
१. जमरालाई सिंगै चपाएर ।
२. जमरालाई पिसेर रस बनाएर ।
१ क्यान्सरमा जमराको रसलाई गो मुत्रको साथ सेवन र साथमा फलहार , शाकाहार , दुग्धहार सेवन गर्ने ।
२. पक्षघातमा गो दुग्ध को साथमा जमराको रस प्रयोग गर्ने साथै भोजनमा पत्रशाक र फलाहार आदिको सेवन गर्नु पर्दछ ।
३. मधुमेह मा मोही को साथमा सेवन गर्ने साथमा भोजनमा विभिन्न पत्रसाक , करेला , सिस्नु आदि लिनु पर्दछ ।
४. मानसिक कमजोरी मा गो दुग्ध का साथ मा सेवन गर्ने साथमा भोजन मा प्राकृतिक सुपाच्य भोजन को सेवन गर्ने ।
५. कब्जियत मा पत्रशाक र चोकर सहित गहु रोटि सँग सेवन गर्ने ।
६. दम रोगमा जमरा को रस को सेवन का साथ प्राकृतिक सुपाच्य भोजन को सेवन गर्ने ।
जमरा सेवनका सावधानी :
१. बिशेषगरी जमरा रोप्ने माटो मा रासायनिक मल प्रयोग नभएको गाईको गोवर युक्त प्राङ्गारिक मल को प्रयोग भएको हुनु पर्दछ ।
२. जमरा रोपेको ठाउँमा बिहान बेलुका पानी छर्कनु पर्दछ तर पानी जम्नु भने हुँदैन ।
३. जमरालाई पहाडमा १ घण्टा र तराईमा आधा घण्टा सुर्यको किरण पार्नु पर्दछ ।
४. जमराको खाँदा वा रस पिउँदा बिस्तारै खानु पर्दछ । चपाएर खाएको हो भने बचेको छोक्रा र खोस्टा पनि निल्न सकिन्छ ।
५. जमराको खाँदा वा रस पिउँदा कसै कसैलाई उल्टि आउने कसैलाई मतमताहट लाग्न सक्छ तर यो बिस्तारै आफै हराएर जान्छ ।
६. जमरा सेवन गर्दा जमरा रोपेको ७ दिन देखि ११ दिन सम्म को सेवन गर्न सकिन्छ ।
यसर्थ बिजया दशमीमा मान्यजन बाट टीका ग्रहण गर्दा टीका सँगसँगै कानमा लगाईने जमरालाई प्रसाद स्वरुप लगाउने मात्र नभएर सेवन पनि गरौँ । ताकी यसमा पाइने सर्वोकृष्ट पौष्टिक तत्वले हामीेलाई दशैको खान पनि वा फुड पोईजनबाट हुने दुष्प्रभावबाट समेत वचन सकिन्छ ।
(लेखक समन सिंह बस्नेत हाल पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धुलिखेलमा आयुर्वेद चिकित्सा शास्त्र बिषयमा अध्ययनरत छन् ।)
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा